२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम महोत्सव २०७५ को पत्रकार सम्मेलनसहित प्रेस वक्तव्य मार्फत धन्यवाद ज्ञापन

२७ चैत्र २०७५, बुधबार १५:१०

कमल रावल, चैत २७ अछाम | अछाम महोत्सव २०७५ को पत्रकार सम्मेलनसहित प्रेस बक्तव्य मार्फत धन्यवाद ज्ञापन गरिएको छ । 

कृषि, औद्योगिक, संस्कृती, पर्यटन विकास र स्थानिय उत्पादनको प्रवद्र्धन नारासहित चैत १५ गतेदेखि २४ गते सम्म संञ्चालन भएको महोत्सव भब्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । 


नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपाल जिल्ला शाखा अछामको आयोजनामा भएको महोत्सवलाई सफल पार्न सहयोग गर्ने सहयोगि मन, सम्पुर्ण दर्शक, प्रमुख अतिथी, बिशिष्टि अतिथी, अतिथी, राजनितिक दल, जनप्रतिनिधी, राष्टसेवक कर्मचारी, सुरक्षाकर्मि, पत्रकार, स्थानिय एंवम राष्टिय कलाकार तथा अछाम बासि दाजु भाई तथा दिदि बहीनीहरुलाई बक्तव्य मार्फत धन्यवाद ज्ञापन गरिएको छ । मुल आयोजक समिती संयोजक बम बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य प्रर्वद्धक, प्रर्वद्धक, मुख्य प्रायोजक, प्रदेश सरकार, प्रधानमन्त्रि, कृषि आधुनिकिकरण, सहयोगिन गर तथा गाउपालिका, प्रायोजक, स्टल प्रायोजक, ब्यानर प्रायोजक तथा मिडिया पार्टनहरुको सहयोग प्रति खुशि भएको भन्दै आगामि दिनमा थप हौसल मिल्दै जाने आयोजकको भनाई रहेको छ । 

महोत्सवमा अनुमानित २० लाख आम्दानि र १८ लाख बराबर खर्च भएको बताईएको छ । १० दिनको अवधिमा झण्डै १४ हजार ब्यक्तिले महोत्सव अवलोकन गरेका महोत्सव मुल आयोजक समितीका संयोजक रावलले बताउनु भयो । महोत्सव अवधिभर भएको आर्थिक आयव्यायको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेकोले १५ दिन भित्रै पत्रकार सम्मेलन मार्फत जानकारी गराईने उहाँले बताउनु भयो । पत्रकार सम्मेलनमा सहभागि नेपाल घरेलु तथा साना उद्योग महासंघका नेपालका प्रदेश सदस्य पुष्पराज भट्ट र जिल्ला स्थित संञ्चारकर्मिले जिल्लामा लोक संस्कृति, स्थानिय उत्पादन तथा पर्यटन विकासमा निकै टेवा पुरयाएकाले निकै प्रशंसा गरेका थिए । आगामि दिनमा आ आफ्नो क्षेबाट सहयोग गर्न तयार रहेकाले निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । 

सहभागि संञ्चारकर्मिलाई महोत्सव सफल पार्नमा सहयोग गरेकोमा प्रशंसा सहीत मायाको चिनो समेत वितरण गरिएको थियो । पत्रकार सम्मेलनमा उपाध्यक्ष खेमराज ढुगाना, सचिव नमराज न्यौपाने, सदस्य छत्र बोहरा लगाएत जिल्ला स्थित संञ्चारकर्मिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला