२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीलगायत सुदुरपश्चिममा विसु पर्व: बिशुको दिन सिस्नु लगाउनै पर्ने !

२०७६, १ बैशाख आईतवार १६:२८

कृष्ण बिष्ट | वैशाख १, बैतडी | आज नयाँ वर्षको पहिलो दिन बैतडीलगायत  सुदुरपश्चिममा विसु पर्व धुमधाम संग मनाइएको  छ । साथिभाइ  इष्टमित्र लगायत आफन्तसँग एकआपसमा खुसीयालि साटासाट गरेर नयाँ वर्षको पहिलो दिन बिसु पर्व धुमधामका साथ मनाइएको  हो ।  विशु पर्व विशेषगरी सुदुरपश्चिमका सबै जिल्लामा मनाउने गरिन्छ ।

देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर विशु पर्व मनाइन्छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छाला सम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । 


देवर र नन्द नाता नपर्ने वा भाउजू तथा भिनाजु नाता नपर्नेले बिसु पर्व अर्थात आजको दिनमा आफैले भए पनि शरिरमा सिस्नो लगाउनु पर्ने परम्परा अनुसार आज विशु पर्व मनाइएको सस्कृतीका जानकार लबदेब भट्टले  बताउनुभयो । 

हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै बिसुपर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ । आज विशुपपर्वको दिन  मिठामिठा खानाका परीकार बनाइ विशेष गरेर सिस्नु लगाएर  विशु मनाएको स्थानिय राजमति भट्टले  बताउनुभयो । 


तर पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको छ । पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको पाटन का स्थानिय सिद्धराज भट्टले बताउनुभयो  । 

सुदुरपश्चिमको महत्वपूर्ण पर्वका रुपमा रहेको बिसु विशे्ष पहाडी जिल्लामा बढी मनाइने पछिल्लोसमय पहाडबाट बसाइँ सर्नेक्रम बढेसँगै तराईका कैलाली, कञ्चनपुरमा समेत यो पर्वको रौनकता मौलाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा