४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

यात्रुको चाप बढ्ने समयमा ग्रामीण सडक मर्मत नहुदाँ स्थानीय चिन्तित

२२ आश्विन २०७२, शुक्रबार ०१:४६

प्रज्वल पौडेल, असोज २२, रामेछाप/
रामेछापका अधिकांश कच्ची सडक मर्मत नहुँदा दशैँको वेला पनि सर्वसाधारण जोखिम र कष्टपूर्ण
यात्रा गर्न वाध्य भएका छन् । वर्षातको समयमा भत्किएका तथा खाल्डाखुल्डी परेका कच्ची सडकहरु मर्मतसम्भार
नगरिँदा दशैँको बेला सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका हुन् ।

dhunga

मापदण्ड विपरित निर्माण गरिएका
सडक वर्षातको समयमा भत्किने र भास्सिने हुंदा सवारीसाधन आवतजावतमा निकै कठिनाई हुने गरेको छ । भुकम्पले
धाँजा धाजा बनेका स्थानमा सडक भासिँने र सडक भत्किएपनि सडक मर्मत सम्भारका लागि पर्याप्त मात्रमा रकम
विनियोजन नगरिएपछि अहिलेसम्म सम्वन्धित निकायले चासो नदिएको स्थानीयवासीको गुनासो छ ।

mato
पुराना सवारी साधन, क्षमता भन्दा बढी यात्रु, चालकको लापरबाही र
विग्रिएको सडक सडक दुर्घटना समेत बढ्ने गरेको छ । विग्रिएका सडक मर्मत नगरी जवरजस्ती यातायात साधन
चलाउँदा दुर्घटना हुने गरेको स्थानीयको भनाई रहेको छ । दशै मान्न मानिसहरु घर फर्कने क्रम बढेसँगै
यातायात साधानहरुमा यात्रीहरुको चाप एकातिर बढेको छ भने अर्कोतिर पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन
नसक्दा सवारी साधन पर्याप्त मात्रामा चल्न सकेका छैनन् । जसले गर्दा कच्ची सडकमा बसको छतमा चढेर
जोखीमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

जिल्लामा अधिक
सवारी चाप हुने मन्थली–धोवी–सिरिसे सडक, मन्थली– सालु– गोठगाउँ सडक, मन्थली– देउराली– साँघुटार सडक,
मन्थली–ठोसे–शिवालय सडक, मन्थली–फुलासी–दोरम्बा, मन्थली– ठोसे– प्रिति–बाम्ती लगाएत सबै सडकको अवस्था
विग्रिएको छ । असोज महिनाको अन्तीम भइसक्दा पनि सडक मर्मत संभार नगरिदिदा राजधानी लगाएतका स्थानमा
दशैँँमा घर फर्कने यात्रुलाई समस्या हुने देखिएको छ ।
बर्खा लागेसँगै बन्द भएको सडक सम्वन्धित
निकायले चासो नदिदा अहिले सम्म सैपु—दिलौरी सडक खण्ड अबरुद्ध रहेको स्थानीय सन्तोष पौडेलले बताए । सडकमा
ठुला ठुला खाडल बनेका छन्, पहिरोले बाटो विगारेको छ, पौडेलले भने— “यस तर्फ सडक डिभिजन कार्यालय, जिल्ला
विकास समिति तथा सडक निर्माणको लागि काम गर्ने सम्वन्धित निकाय गम्भिर भएन ।”


सडक मर्मत गर्न कसैले चासो नदिएपछि धोवीबजारवाट सामान बोकेर बेच्नु परेको सैपुका
एक व्यापारी डिल्ली तामाङको भनाई छ । अहिले मानिस पैदल यात्रा गर्दा समेत जोखिमका साथ हिड्नुपर्छ
तामाङले भन्नुभयो, अब चाडबाड आयो सामानको माग बढिरहेको छ, ट्याक्टरमा सामान ढुवानी गर्न नपाएपछि समस्या
भएको छ ।”

खाल्डाखुल्डी पुर्ने र सामान्य ग्रावलिङको प्रयास
गरिएपनि सवारी चलाउन सक्ने गरी सडक मर्मत नभएकाले ग्रामीण भेगमा यात्रुलाई सुविधा प्रदान गर्न नसकिएको
एक बस चालक अरुण पौडेलले बताए । सडक मर्मतका लागि स्थानीयवासी र व्यवसायीहरुले पटक पटक जिल्ला विकास
समिति एवं सम्बन्धित निकायहरुमा अनुरोध गरे पनि त्यसतर्फ कुनै प्रगति नभएको बस संचालक समितिहरुले बताएका
छन् । सधैँ जोखिम मोल्न सकिन्न पौडेलले भने–“सम्बन्धित निकायले समयमै ध्यान नदिए दशैँमा यातायात बन्द
हुने संभावना बढेको छ । ”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ