२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

यात्रुको चाप बढ्ने समयमा ग्रामीण सडक मर्मत नहुदाँ स्थानीय चिन्तित

२०७२, २२ आश्विन शुक्रबार ०१:४६

प्रज्वल पौडेल, असोज २२, रामेछाप/
रामेछापका अधिकांश कच्ची सडक मर्मत नहुँदा दशैँको वेला पनि सर्वसाधारण जोखिम र कष्टपूर्ण
यात्रा गर्न वाध्य भएका छन् । वर्षातको समयमा भत्किएका तथा खाल्डाखुल्डी परेका कच्ची सडकहरु मर्मतसम्भार
नगरिँदा दशैँको बेला सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका हुन् ।

dhunga

मापदण्ड विपरित निर्माण गरिएका
सडक वर्षातको समयमा भत्किने र भास्सिने हुंदा सवारीसाधन आवतजावतमा निकै कठिनाई हुने गरेको छ । भुकम्पले
धाँजा धाजा बनेका स्थानमा सडक भासिँने र सडक भत्किएपनि सडक मर्मत सम्भारका लागि पर्याप्त मात्रमा रकम
विनियोजन नगरिएपछि अहिलेसम्म सम्वन्धित निकायले चासो नदिएको स्थानीयवासीको गुनासो छ ।

mato
पुराना सवारी साधन, क्षमता भन्दा बढी यात्रु, चालकको लापरबाही र
विग्रिएको सडक सडक दुर्घटना समेत बढ्ने गरेको छ । विग्रिएका सडक मर्मत नगरी जवरजस्ती यातायात साधन
चलाउँदा दुर्घटना हुने गरेको स्थानीयको भनाई रहेको छ । दशै मान्न मानिसहरु घर फर्कने क्रम बढेसँगै
यातायात साधानहरुमा यात्रीहरुको चाप एकातिर बढेको छ भने अर्कोतिर पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन
नसक्दा सवारी साधन पर्याप्त मात्रामा चल्न सकेका छैनन् । जसले गर्दा कच्ची सडकमा बसको छतमा चढेर
जोखीमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

जिल्लामा अधिक
सवारी चाप हुने मन्थली–धोवी–सिरिसे सडक, मन्थली– सालु– गोठगाउँ सडक, मन्थली– देउराली– साँघुटार सडक,
मन्थली–ठोसे–शिवालय सडक, मन्थली–फुलासी–दोरम्बा, मन्थली– ठोसे– प्रिति–बाम्ती लगाएत सबै सडकको अवस्था
विग्रिएको छ । असोज महिनाको अन्तीम भइसक्दा पनि सडक मर्मत संभार नगरिदिदा राजधानी लगाएतका स्थानमा
दशैँँमा घर फर्कने यात्रुलाई समस्या हुने देखिएको छ ।
बर्खा लागेसँगै बन्द भएको सडक सम्वन्धित
निकायले चासो नदिदा अहिले सम्म सैपु—दिलौरी सडक खण्ड अबरुद्ध रहेको स्थानीय सन्तोष पौडेलले बताए । सडकमा
ठुला ठुला खाडल बनेका छन्, पहिरोले बाटो विगारेको छ, पौडेलले भने— “यस तर्फ सडक डिभिजन कार्यालय, जिल्ला
विकास समिति तथा सडक निर्माणको लागि काम गर्ने सम्वन्धित निकाय गम्भिर भएन ।”


सडक मर्मत गर्न कसैले चासो नदिएपछि धोवीबजारवाट सामान बोकेर बेच्नु परेको सैपुका
एक व्यापारी डिल्ली तामाङको भनाई छ । अहिले मानिस पैदल यात्रा गर्दा समेत जोखिमका साथ हिड्नुपर्छ
तामाङले भन्नुभयो, अब चाडबाड आयो सामानको माग बढिरहेको छ, ट्याक्टरमा सामान ढुवानी गर्न नपाएपछि समस्या
भएको छ ।”

खाल्डाखुल्डी पुर्ने र सामान्य ग्रावलिङको प्रयास
गरिएपनि सवारी चलाउन सक्ने गरी सडक मर्मत नभएकाले ग्रामीण भेगमा यात्रुलाई सुविधा प्रदान गर्न नसकिएको
एक बस चालक अरुण पौडेलले बताए । सडक मर्मतका लागि स्थानीयवासी र व्यवसायीहरुले पटक पटक जिल्ला विकास
समिति एवं सम्बन्धित निकायहरुमा अनुरोध गरे पनि त्यसतर्फ कुनै प्रगति नभएको बस संचालक समितिहरुले बताएका
छन् । सधैँ जोखिम मोल्न सकिन्न पौडेलले भने–“सम्बन्धित निकायले समयमै ध्यान नदिए दशैँमा यातायात बन्द
हुने संभावना बढेको छ । ”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से