२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘टिक टक’ भिडियाे बनाउने क्रममा एक जनाको मृत्यु

२०७६, २ बैशाख सोमबार ०९:११

बैशाख २ । मोबाइल एप टिक टकले गर्दा भारतको नयाँ दिल्लीमा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, १९ वर्षीय व्यक्तिले मोबाइल एप टिक टकमा पेस्तोलसँगै भिडियो बनाउने क्रममा उनको साथीलाई गोली लागेको हो । 


प्रहरीका अनुसार सलमान जकिर आफ्ना साथीहरु सोहिल र आमिरसँगै आइतबार राति दिल्लीको इण्डिया गेट घुम्न निस्किएका थिए । इण्डिया गेटबाट फर्कने क्रममा सोहिल कार चलाइरहेका सलमानसँगै बसेका थिए । सोहिलले घरेलु पेस्तोल निकाले र सलमानलाई लक्षित गर्दै टिक टकमा भिडियो बनाउन लाग्दा अचानक सलमानको देब्रे गालामा गोली लागेको थियो । 

आमिर भने क्रेटा कारको पछाडिपट्टि बसेका थिए । यो घटना मध्य दिल्लीको बाह्रखम्बा सडक नजिकै रहेको रञ्जित सिंह फ्लाइओभरमा घटेको हो । घटनापछि सोहिल र आमिर आत्तिँदै घाइते भएका सलमानलाई उनको नातेदारहरु रहेको दरियागञ्ज पुर्‍याए, जहाँ उनीहरुले रगतले लतपतिएको कपडा बदलेका थिए । ‘त्यसपछि सलमानलाई उनका साथी र नातेदारले नजिकैको एलएनजीपी अस्पताल पुर्‍याएका थिए, तर डक्टरले उनको मृत्यु भएको घोषणा गरे,’ प्रहरीले भन्यो ।   

आमिर, सोहिल र अर्काे एक व्यक्तिलाई पक्राउ गरिएको र बाह्रखम्बा पुलिस स्टेशनमा हत्या र गैरकानुनी रुपमा हतियार राखेकाेको मुद्दा दर्ता गरिएको प्रहरीले बताएकाे छ । ‘सोहिललाई गोली हानिसकेपछि पक्राउ गरिएको थियो भने आमिरलाई गोली लुकाउने क्रममा गिरफ्तार गरिएको हो । त्यस्तै शरिफलाई रगत लागेको लुगा लुकाउने क्रममा पक्राउ गरिएको हो’, प्रहरी अधिकारीले भने । 

गोली दुर्घटनावश भएको हो कि नियतवश चलाइएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी