2026-09-19 04:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

चट्याङले पावर हाउसमा डेढ लाखको क्षति, विद्धुत अवरुद्ध

चिसाङ शेर्पा | बैशाख २, खोटाङ | चट्याङले लघु जलविधुतको पावर हाउसमा क्षति पुर्याउँदा डेढ लाखको विधुतीय सामग्री नष्ट भएको छ । जिल्लाको साकेला गाउँपालिका–३ खिदिमा बोपुङमा अवस्थित तावाखोला तेश्रो लघु जलविधुतको पावर हाउसमा क्षति पुग्दा कम्पनी मुल्य अनुसार १ लाख ५० हजारको सामग्री नष्ट भएको छ । विधुतीय सामग्री नष्टसँगै बत्ती अवरुद्ध बनेको छ ।

गत शनिबार दिउँसो पानीसँगै परेको चट्याङले लघु जलविधुतमा रहेको एलसी बोर्ड २ थान, एमसीभी २ थान, लाईटिङ टेष्टर १५ थान, मल्टीप्लग २ थान, टिभी १ थान र डिसहोम सेट १ थान नष्ट भएको तावाखोला तेश्रो लघु जलविधुतका अध्यक्ष लोक प्रसाद राईले जानकारी दिए । पावर हाउसमा पुगेको क्षतिको विवरण सहित वडा कार्यालय खिदिमा र गाउँपालिकामा निवेदन दिने र उहाँहरुको सल्लाहा, सुझाव अनुसार अन्य प्रक्रिया अगाडी बढाईने अध्यक्ष राईले जनाए ।

लघु जलविधुत बिग्रिएपछि खिदिमा, मात्तिमको माथिल्लो भाग र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बास्थलाका २ सय ५२ घरधुरी अध्याँरोमा बस्नु परेको छ । बत्ती नहुंदा विशेषगरी बृद्धबृद्धा, विधार्थीहरु मर्कामा परेका छन् । बत्ती नभएकै कारण नियमित कामकाजमा समेत समस्या भईरहेको स्थानीयले बताएका छन् । तीनै स्थानमा केन्द्रिय प्रसारण लाईनको विधुत छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई