२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूर्यको माथिल्लो भागमा दाग देखियो

२०७६, २ बैशाख सोमबार १२:४४

वैशाख २, काठमाडौँ । केही दिनयता सूर्यको माथिल्लो भागमा चुम्बकीय क्षेत्र गहन हुन गई दाग देखिएको ‘नेपाल एस्ट्रोनोमिकल सोसाइटी’ले जनाएको छ । सूर्यमा यस्तो हुँदा सामान्य अवस्थाभन्दा चुम्बकीय गतिविधि हजार गुणा बढी हुन गई उक्त स्थान अरु भागभन्दा अँध्यारो हुने गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । 

अँध्यारोपछि सूर्यमा दाग देखिने गरेको छ । यस्तो क्षेत्रबाट एक्स–रे तथा परावैजनी तरङ्ग अत्याधिक मात्रामा निस्कन्छ । तरङ्गमा हेर्दा यो क्षेत्र उज्यालो देखिन्छ । यस्ता क्षेत्रबाट अन्तरिक्षमा तीव्र गतिका विद्युतीय कण प्रसारण हुने गर्छन् । यसलाई ‘कोरोनल मास इजेक्सन’ भनिन्छ । 

प्रसारण हुने पदार्थ र कणको घनत्व, गतिको आधारमा यसलाई सामान्यदेखि घातक भनी वर्गीकरण गरिन्छ । प्रसारण पृथ्वीतिर भए यसको वरिपरि घुमिरहेका अन्तरिक्षयान तथा पृथ्वीको ध्रुवीय क्षेत्रमा रहेका देशको विद्युतीय प्रसारण संरचनामा असर गर्ने सोसाइटीले जनाएको छ । सूर्यको गतिविधिलाई वैज्ञानिकहरु सूक्ष्म रुपले अध्ययन गर्छन् । भूउपग्रहमा असर गर्ने भएकाले सूचना तथा सञ्चार प्रविधि, मौसम पूर्वानुमान तथा दिशानिर्देश जस्ता अन्तरिक्षसँग सम्बन्धित सेवा प्रभावित हुन्छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी