२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसैनमा सहजकर्ताका लागि सामुदायिक मेलमिलाप सम्बन्धी ८ दिने तालिम सुरु

२०७६, २ बैशाख सोमबार १५:५५

कमल रावल | बैशाख २, अछाम | मंगलसैन नगरपालिकामा मेलमिलाप सहकजर्ताका लागि सामुदायिक मेलमिलाप सम्बन्धी ८ दिने तालिम सुरु भएको छ । मंगलसैन नगरपालिका न्यायिक समितीको आयोजना र प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपालको समन्वयमा सुरु भएको ८ दिने तालिमको अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञ बहादुर बोगटीले ब्यानर बाचन र पानसमा दिप प्रजोलित गरेर उदघाट्न गर्नु भएको हो । 

प्रमुख अतिथी सांसद बोगटीले सामुदायिक मेलमिलापका लागि तालिमले निकै टेवा पुरयाउने बताउनु भयो । स्थानिय स्तरमा हुने समस्या समाधानका लागि मेलमिलाप सहजकर्ताले संवादको माध्यामबाट निकास दिन सक्ने भएकाले तालिम उपलब्धी मुलक हुनु पर्नेमा जोड दिएका थिए । स्थानिय सरकारले संञ्चालन गर्ने तालिम तालिममा मात्र सिमीत नहुने भएकाले न्यायिक समितीका संयोजकलाई समेत टेवा पुग्ने भएकाले सबैले यस्ता तालिमको आत्मसाथ गर्नु पर्ने बताउनु भयो ।


नगरप्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको उदघाट्न कार्यक्रमका बिशिष्ट अतिथी प्रदेश सभा सदस्य बल बहादुर सोडारि र जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरले गाउ, समाजमा आपसि रुपमा थुप्रै वादविवाद हुने भएकाले तालिममा सहभागि सहजकर्ताले सहज माध्यमबाट किनारा लगाउनु पर्नेमा जोड दिएका थिए । अदालति मुद्धा सहीत ठुलो मात्रामा रकम खर्च गरि न्याय पाउनु भन्दा गाउघरमै संवादको माध्यामबाट न्याय पाउनु उपलब्धी मुलक भएको बताउनु भयो । 

उदघाटन कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, जिल्ला बार ईकाई अछामका अध्यक्ष कृष्ण प्रसाद ढुगाना, वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारि, पत्रकार महासंघ अछामका सहसचिव मेनुका ढुगानाले शुभकामना मन्तव्य राख्दै न्यायिक समितीका संयोजकलाई थुप्रै समस्या भएकाले यस्तै मेलमिलाप तालिमले सहयोग पुरयाउने भएकाले सफलताको शुभकामना ब्यक्त गरेका थिए । 

कार्यक्रमका सहजकर्ता प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापाले ८ दिने तालिमको बिषयवस्तु बारे जानकारी गराउदै हरेक समस्याको समाधान आपसि संवाद बाट आउने भएकाले त्यही अनुसार दिगो शान्तिका लागि उन्नत सम्बन्ध आफनो संस्थाले अगाडी बढाएको बताउनु भयो । कार्यक्रममा अतिथी तथा सहभागि सबैलार्ई स्वागत गर्दै न्यायिक समिती संयोजक तथा उपप्रमुख सरिता उपाध्यायले तालिमले समस्या समाधानका लागि टेवा पुग्ने भएकाले उपलब्धि मुलक हुने बताउनु भयो । 


तालिममा नगरपालिकाका १४ वटै वडाका ३/३ जनाका दरले ४२ जनाको सहभागिता रहेको छ । उदघाट्न कार्यक्रमको संञ्चालन नगरपालिकाका खरिदार नरेश कठयतले गर्नु भएको थियो । तालिमको सहजिकरण प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापा, डोटि जिल्ला स्रोत ब्यक्ति लोक बहादुर थापा, अछाम स्रोतब्यक्ति टँक भण्डारीले गरिरहनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी