२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसैनमा सहजकर्ताका लागि सामुदायिक मेलमिलाप सम्बन्धी ८ दिने तालिम सुरु

२ बैशाख २०७६, सोमबार १५:५५

कमल रावल | बैशाख २, अछाम | मंगलसैन नगरपालिकामा मेलमिलाप सहकजर्ताका लागि सामुदायिक मेलमिलाप सम्बन्धी ८ दिने तालिम सुरु भएको छ । मंगलसैन नगरपालिका न्यायिक समितीको आयोजना र प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपालको समन्वयमा सुरु भएको ८ दिने तालिमको अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञ बहादुर बोगटीले ब्यानर बाचन र पानसमा दिप प्रजोलित गरेर उदघाट्न गर्नु भएको हो । 

प्रमुख अतिथी सांसद बोगटीले सामुदायिक मेलमिलापका लागि तालिमले निकै टेवा पुरयाउने बताउनु भयो । स्थानिय स्तरमा हुने समस्या समाधानका लागि मेलमिलाप सहजकर्ताले संवादको माध्यामबाट निकास दिन सक्ने भएकाले तालिम उपलब्धी मुलक हुनु पर्नेमा जोड दिएका थिए । स्थानिय सरकारले संञ्चालन गर्ने तालिम तालिममा मात्र सिमीत नहुने भएकाले न्यायिक समितीका संयोजकलाई समेत टेवा पुग्ने भएकाले सबैले यस्ता तालिमको आत्मसाथ गर्नु पर्ने बताउनु भयो ।


नगरप्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको उदघाट्न कार्यक्रमका बिशिष्ट अतिथी प्रदेश सभा सदस्य बल बहादुर सोडारि र जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरले गाउ, समाजमा आपसि रुपमा थुप्रै वादविवाद हुने भएकाले तालिममा सहभागि सहजकर्ताले सहज माध्यमबाट किनारा लगाउनु पर्नेमा जोड दिएका थिए । अदालति मुद्धा सहीत ठुलो मात्रामा रकम खर्च गरि न्याय पाउनु भन्दा गाउघरमै संवादको माध्यामबाट न्याय पाउनु उपलब्धी मुलक भएको बताउनु भयो । 

उदघाटन कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, जिल्ला बार ईकाई अछामका अध्यक्ष कृष्ण प्रसाद ढुगाना, वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारि, पत्रकार महासंघ अछामका सहसचिव मेनुका ढुगानाले शुभकामना मन्तव्य राख्दै न्यायिक समितीका संयोजकलाई थुप्रै समस्या भएकाले यस्तै मेलमिलाप तालिमले सहयोग पुरयाउने भएकाले सफलताको शुभकामना ब्यक्त गरेका थिए । 

कार्यक्रमका सहजकर्ता प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापाले ८ दिने तालिमको बिषयवस्तु बारे जानकारी गराउदै हरेक समस्याको समाधान आपसि संवाद बाट आउने भएकाले त्यही अनुसार दिगो शान्तिका लागि उन्नत सम्बन्ध आफनो संस्थाले अगाडी बढाएको बताउनु भयो । कार्यक्रममा अतिथी तथा सहभागि सबैलार्ई स्वागत गर्दै न्यायिक समिती संयोजक तथा उपप्रमुख सरिता उपाध्यायले तालिमले समस्या समाधानका लागि टेवा पुग्ने भएकाले उपलब्धि मुलक हुने बताउनु भयो । 


तालिममा नगरपालिकाका १४ वटै वडाका ३/३ जनाका दरले ४२ जनाको सहभागिता रहेको छ । उदघाट्न कार्यक्रमको संञ्चालन नगरपालिकाका खरिदार नरेश कठयतले गर्नु भएको थियो । तालिमको सहजिकरण प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापा, डोटि जिल्ला स्रोत ब्यक्ति लोक बहादुर थापा, अछाम स्रोतब्यक्ति टँक भण्डारीले गरिरहनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला