बैशाख ४, काठमाडौं । आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ रु ३०० ले घटेको हो । मंगलबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको हो ।
यस्तै तेजावी सुन आज तोलमा ५९ हजारमा कारोबार भइरहेको छ ।
चाँदीको भाउ भने आज रु ५ ले बढेको छ । मंगलबार तोलामा रु ७२० मा कारोबार भएको चाँदीको भाउ बुधबार ७२५ मा कारोबार भइरहेको हो ।