2026-09-08 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नयाँ शैक्षिक सत्र प्रारम्भ हुदासम्म पनि नगरपालिकाले पाठ्यपुस्तकको पैसा दिएन

इन्द्र बुढाथोकी । बैशाख ४, सल्यान । सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि सरकारले निशुल्क रुपमा पाठ्यपुस्तक उपलब्ध गराउने व्यबस्था गरेको छ ।

तर सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले भने नया शैक्षिक सत्र सुरु भैसक्दा पनि अहिलेसम्म पाठ्यपुस्तको पैसा कुनै पनि विद्यालय लाई दिएको छैन । नगरपालिका ६५ वटा सामुदायिक विद्यालयको खातामा पैसा नगरपालिकाले नयाँ शैक्षिकसत्रको लागि पाठ्यपुस्तक , छात्रवृत्ति लगाएतको पैसा विद्यालयको खातामा पठाएको छैन ।

गत चैत्र १४ गते सम्म तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलि सरुवा भएर गए पछि अहिले सम्म नयाँ प्रमुख प्रशासकिय नआउदा नगरपालिका भित्रका विकास निर्माणका देखि अन्य काममा पनि समस्या भएको छ । नया शैक्षिक सत्र सुरु हुनु भन्दा कम्तीमा १ महिना अगाडि नया पाठ्यपुस्तक खरिदका लागि नगरपालिकाले समयमै नया पाठ्यक्रमको पैसा विद्यालय लाई नदिएर बालबालिकाको भबिस्यमाथी खेलवाड गर्न लागेको तथा नगरपालिका सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षा प्रदानमा अग्रसर नभएको विद्यालयहरुले आरोप समेत लगाउने गरेका छन । विद्यार्थी भर्ना गर्दै हातहातमा किताब दिने बेला विद्यालयहरुले विद्यार्थीहरुलाइ भर्ना गर्दै खाली हात विद्यार्थीहरुलाइ घर फर्काउने गरेका छन । 

देशभरी नै नया पाठ्यपुस्तकको अभाव भइहेका बेला पाठ्यपुस्तकको पैसा नपठाइएकाले यस बर्ष पनि समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउन नसक्ने अबस्था सृजना भएकोले पठनपाठनमा समेत समस्या आउने विद्यालयहरुको भनाइ रहेको छ । 

नगरपालिकामा तत्कालीन  प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलि कर्मचारी समायोजनमा परेर सरुवा भएर अनेत्र गएको र नयाँ प्रमुख प्रशासकीय अधिकृत नआउदा सम्म पाठ्यपुस्तकको पैसा विद्यालयको खातामा जम्मा हुन ढिला भएको नगर प्रमुख गोविन्द कुमार पुनले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल