बैशाख ५, काठमाडौं । सुनको भाउ बिहीबार तोलामा ५९ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ बुधबार तोलामा ५९ हजार ३०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ८०० मा कारोबार भइरहेको छ ।
यस्तै चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो ।