2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रेडियो कपुरकोटको वार्षिक उत्सव: विद्यालयलाई फिल्टर वितरण, कर्मचारि र विज्ञापनदातालाइ सम्मान

बैशाख ५, सल्यान । सूचना तथा प्रविधिको विकासले रेडियो सुन्ने श्रोत केहि घटेको मान्न सकिएला । तर रेडियोको महत्व घटेको कुरा स्वीकार गर्न सकिदैन । सहज पहुँच भएको कारण सूचनाको भरपर्दाे साधन रेडियोलाइ मान्न सकिन्छ । अहिले पनि गाउँवस्तीमा धेरैले रेडियो सुन्छन् र रेडियोको महत्व घटेको छैन भन्ने कुराको पुष्टि सल्यानको रेडियो कपुरकोटको वार्षिक उत्सवले पनि गर्छ ।

बुधबार नवौँ वर्ष पुरा गरेर दशौँ वर्षमा प्रवेश गरेको रेडियो कपुरकोट एफएम १०६.१ मेगाहर्जले हजारौँ दर्शकहरुको विचमा वार्षिक उत्सव मनायो । उत्सवमा आउनेहरु सबै रेडियोबाट खबर गरेको भरमा आएका थिए । बुधबार साँझ अवेर सम्म भएको कार्यक्रममा महत्वपूर्ण ब्यक्तिहरुले समाज रुपान्तरण र समुदायको हितका लागी रेडियोको भुमिकाको विषयमा चर्चा गरे भने कलाकारहरुको विभिन्न प्रस्तुतीमा दर्शकहरु नाचे, गाए र रमाए । स्वच्छ पानी स्वस्थ जीन्दागानी भन्ने नाराको साथ विद्यालयलाइ फिल्टर वितरण देखि नियमित विज्ञापन दाता, रेडियोका पूर्व पदाधिकारि र कर्मचारिलाइ सम्मान र पुरस्कृत गर्ने सम्मका कार्यक्रम सम्पन्न भए ।

रेडियोका अध्यक्ष तथा प्रदेशसभा सांसद् स्वर्गिय ओलीके सम्झना

गाउँवेशी सूचना केन्द्र सल्यानद्धारा सञ्चालीत रेडियो कपुरकोटको वार्षिक उत्सवमा सवारि दुर्घटनामा परि ज्यान गुमाएका रेडियो सञ्चालक समितीका अध्यक्ष तथा प्रदेश ५ का सांसद् स्वर्गिय उत्तर कुमार ओलीको सम्झना पनि गरियो । दाङ क्षेत्र नम्बर ३ ख बाट निर्वाचीत सांसद् ओलीको गत फागुन १० मा उपचारको क्रममा निधन भएको थियो । स्

वर्गिय ओलीकी धर्मपत्नी विमला ओलीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले समाजलाइ जागरुक र चेतनशिल बनाउन रेडियोले महत्वपूर्ण भुमिका खेल्ने र मिडियाको विकासमा ओलीले दिएको योगदान अतुलनिय रहेको चर्चा गरे । समुदायलाइ सूसूचीत गर्ने कार्यमा एक आपसमा सामुदायीक रेडियोको समन्वय हुनुपर्ने बताउँदै कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले रेडियोको लागी आफ्नो तर्फबाट निरन्तर सहयोग हुने जनाए ।

कार्यक्रममा दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर के सी अरुण, कपुरकोट गाउँपालिकाका उपाध्यक्ष तिला बुढा, सहाहित्यकार भद्रसिंह बुढा, सामुदायीक रेडियो प्रशारक संघका केन्द्रीय सदस्य शुक्रराज भण्डारी, सामुदायीक वन उपभोक्ता महासंघ कर्णालीका अध्यक्ष घनश्याम शर्मा, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी, महासंघकै केन््रीय प्रतिनिधी वामदेव अधिकारि, सामुदायीक रेडियो प्रशारक संघ प्रदेश नम्बर ५ का सचिव संगित बस्याल, रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मी, उद्योग वाणिज्य संघ सल्यानका सदस्य कमल घर्ती, मावि किमुचौरका प्रअ सिट्टिसाप विष्ट, खेलकुद विकास समिती कपुरकोटका कोषाध्यक्ष मित्र कठायत लगाएतले बोल्दै राष्ट्रिय स्तरका मिडियाले उठाउन नसकेका साना भन्दा साना सवाललाइ सामुदायीक रेडियोले उठाउनुपर्ने बताएका थिए ।

वार्षिक उत्सवमा फिल्टर वितरण

यसैविच रेडियोले वार्षिक उत्सवको अवसरमा कपुरकोट गाउँपालिकाभित्रका ५ माध्यामिक विद्यालयलाइ फिल्टर समेत वितरण गरेको छ । रेडियोका कार्यकारि प्रमुख सन्तोष घर्तीले स्वच्छ पानीः स्वस्थ जीन्दागानी भन्ने नाराका साथ विद्यालयलाइ फिल्टर वितरण गरिएको जनाए ।

पानी स्वच्छ भयो भने धेरै किसीमका रोगबाट बच्न सकिने र पूर्ण सरसफाइ अभियानमा सहयोग पुर्याउने उद्देश्यले फिल्टर वितरण गरिएको उनले जनाए । नेपाल राष्ट्रिय मावि किमुचौर कालिका मावि कपुरकोट, भवानी मावि छायाँनाथ, जीवनज्योती मावि रीम, विरेन्द्र मावि गर्पालाइ फिल्टर वितरण गरिएको हो ।

पुरस्कार र सम्मान

यस्तै वार्षिक उत्सव समारोहमा लामो समयदेखि समाचार प्रमुखको रुपमा रहेर काम गरिरहेका शंकर के सीलाइ सम्मान सहित नगद १० हजार रुपैयाँ सहित पुरस्कृत पनि गरिएको थियो । यस्तै रेडियोका पूर्व अध्यक्ष घनश्याम शर्मा, पूर्व सचिव मधुसुदन गिरी, नियमित विज्ञापनदाता विपना हजुरको कपडा पसल सल्लेखोला सल्यान, हिलसाइड टेक्नीकल कलेज तुलसिपुर दाङ, दिपक इन्टरप्राइजेज लुहाम सल्यान, रेडियो कार्यक्रममा सहकार्य गर्ने दार्मा गाउँपालिका सल्यान, वनस्पति अनुसन्धान केन्द्र सल्यानलाइ मायाको चिनो रेडियो उपहार प्रदान गर्दै सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा गायीका विन्दु परियार, लोक दोहोरी गायक गोपाल नेपाल जिएम, प्रेम विवश घर्ती लगाएतका कलाकारले सांस्कृतीक प्रस्तुती राखेका थिए भने आफ्नै देशमा परिश्रम पोखेमा आत्मनिर्भर बन्न सकिने शन्देश सहितको स्टेज नाटक पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल