२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ वर्ष लागेपछि शेयर बजारमा उत्साह

२०७६, ७ बैशाख शनिबार ०९:५८

वैशाख ७, काठमाडौँ ।  धितोपत्र बजारमा यस साता उत्साहको सञ्चार भयो । कारोवार मापक नेप्से परिसूचक ४३ दशमलव ५९ बिन्दुले वृद्धि भएको छ । वैशाख २ गतेदेखि बजार वृद्धि हुने क्रम शुरु भएको हो । 

सातामा चार दिन कारोवार भए । सोमबार बजार एक हजार १८८.७१ बिन्दुमा पुग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन बजार बढेर एक हजार २३२.३० बिन्दुमा पुगेको छ । 

बैंक र बीमा उपसमूहको शेयर वृद्धि हुँदा बजारमा सकारात्मक प्रभाव परेको छ । यस्तै नयाँ वर्ष लागे पनि शेयर बजारमा स्थायी लेखा नम्बर(प्यान) समेत लागू भएको छ । रु पाँच लाखभन्दा बढीको शेयर कारोवारमा प्यान लागू हुने व्यवस्था गरिएको छ । 

स्टकका अनुसार यस साता बजारमा वाणिज्य बैंक समूहकै बोलवाला रह्यो । एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । यस्तै कुमारी बैंक, प्रभु बैंक, एनआइसी एशिया बैंक, नेपाल बैंक, सिभिल बैंक, एनसिसी बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे« बैंक र नेको इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोवार भएको छ । 

स्टकका अनुसार बजार पूँजीकरणमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पछि वाणिज्य बैंककै बोलावाल रहे । यस साता दुई कम्पनीको शेयर सूचीकृत भए । स्टकमा सिनर्जी फाइनान्स कम्पनीको तीन लाख ८० हजार ९३८ कित्ता हकप्रद शेयर र नेपाल इन्भेस्टमेन्ट बैंकको एक करोड ९४ लाख ४३ हजार ८२ कित्ता  शेयर लाभांश सूचीकृत भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ