2026-09-19 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुङ्गामा नेविसङ्घद्वारा दुई लाखको अक्षय कोेष स्थापना

वैशाख ७, ओखलढुङ्गा । नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाले रु दुई लाख बराबरको अक्षय कोेष स्थापना गरेको छ ।

 नेपाली काङ्ग्रेस निकट विद्यार्थी सङ्गठन नेविसङ्घ स्थापना दिवसको अवसर पारेर एसईईमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले अक्षय कोेष स्थापना गरिएको हो । विद्यार्थीलाई अक्षय कोषको रकमबाट पुरस्कृत गरेर उच्च शिक्षाका लागि सहयोग गर्ने कार्ययोजनासहित अक्षय कोेष स्थापना गरेको नेविसङ्घ अध्यक्ष गोविन्द कोइरालाले बताउनुभयो । 

जिल्लाबाट एसईईमा सहभागीमध्ये उत्कृष्ट महिला एक , पुरुष एक, जनजाति एक, दलित एक र जेहेन्दार एक गरी पाँच जनालाई पुरस्कृत गरिने उहाँको भनाइ छ । रु दुई लाखबाट शुरु गरिएको कोषमा रकम बढाउन प्रयत्न गरिने र उक्त कोषबाट सहयोग गर्दै विद्यार्थीको हितमा अन्य कार्यक्रम ल्याउने योजना रहेको नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाले जनाएको छ । 

नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाले रामपुरमा आयोजना गरेको कार्यक्रमलाई काङ्ग्रेस नेताहरु बालकृष्ण दाहाल, टेकराज भट्टराई, कुमार लुइँटेल, रमेश तामाङ, दिलकुमारी खतिवडा, हेमकुमारी तामाङसहितका नेताले सम्बोधन गर्नुभएको थियो । नेताहरुले नेविसङ्घलाई एक ढिक्का बनाएर अघि बढ्ने बताउनुभयो । 

ओखलढुङ्गामा पछिल्लो समय काङ्ग्रेसका नेताको गुटगत राजनीतिले नेविसङ्घ दुई धुव्रमा देखिएको छ । संस्थापन शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताले आफू निटकका विद्यार्थीलाई समेटेर अधिवेशनकै समयदेखि २ वटा समिति बनाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई