२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

लागुऔषधसहित तीन जना पक्राउ

२०७६, ८ बैशाख आईतवार ०८:३२

वैशाख ८, मकवानपुर । मकवानपुरका विभिन्न स्थानबाट  लागुऔषधसहित प्रक्राउ परेका तीन जनालाई प्रहरीले आज आज सार्ल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बारा, परसौनी गाउँपालिका–५ का २२ वर्षीय पप्पु राय, मकवानपुर हेटौँडा–८ कमानेका २६ वर्षीय रुपक राई र भारत विहारस्थित वैशाली जिल्लाका ३२ वर्षीय अमरजित सिंह रहेका छन् । उनीहरुबाट प्रहरीले ५७ किलो गाँजा र ६० ट्याबलेट नाइट्रोभेट बरामद गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएका प्रहरी टोलीले हेटौँडा–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ३९५२ नम्बरको यात्रुवाहक बसलाई रोकेर जाँच गर्दा पप्पुलाई आठ केजी गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार शङ्काका आधारमा झोला खानतलासी गर्दा उनको झोलाभित्र चारपाटे दुई वटा पोकामा लागुऔषध गाँजा आठ केजी फेला परेको थियो । 

त्यस्तै कमानेका रुपकलाई लागुऔषध नाइट्रोभेट ६० ट्याबलेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहसहितको टोलीले रातोमाटेमा वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७३९ नम्बरको यात्रुवाहक माइक्रो बसलाई जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको हो । रुपकको साथबाट नाइट्रोभेट १० लेखेको चार पत्तामा ६० ट्याबलेट लागुऔषध फेला परेको थियो । उनीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

त्यस्तै प्रहरीले भारतीय नागरिक अमरजितलाई ४८ किलो ८०० ग्राम गाँजा र कारसहित नियन्त्रणमा लिएको छ । उनलाई हेटौँडाको तिनताप्केबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । वैशाख ६ गते दिउँसो विशेष सूचनाका आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले तिनताप्केमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बिआर–३१ एम ५०५१ नम्बरको कारलाई रोकेर चेकजाँच गर्दा उक्त कारको सिटमुनि फल्स बटम बनाई आठ वटा पोकामा ४८ किलो ८०० ग्राम लागुऔषध गाँजा फेला परेको थियो । 

उनीमाथि पनि थप अनुसन्धान भइरहेको छ । उनले अपराध गरेको ठहर भएमा लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि एक लाखसम्म जरिवाना हुने र कारसमेत जफत हुने प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो