वैशाख १०, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा मंगलबार माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका-१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको प्रहरीले जनाएको छ ।
पोखराबाट काठमाडौतर्फ जाँदै गरेको ग१य ४८५ नंम्बरको माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग१३प ९१८१ नंम्बरको स्कुटरलाई ब्यास नगरपालिका-४ शहीदगेट नजिक ठक्कर दिएको थियो ।
ठक्करबाट सख्त घाइते शर्माको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । माइक्रोसहित त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको रहेको जनाइएको छ ।