2026-09-19 04:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खिदिमाका वडाध्यक्ष राईको निधन

बैशाख १० खोटाङ । खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणीकुमार राईको निमोनियका कारण  निधन धएको छ । ज्वरो आउने, छाती दुख्ने, घाँटी घ्यार–घ्यार हुने लगायतका समस्याबाट बिरामी परेका वडाध्यक्ष राईको सोमबार साँझ ३७ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्य समस्या बल्झिँदै गएपछि उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजानेक्रममा राईको खिदिमाकै सौर्य भन्ने ठाउँमा निधन भएको नेकपा खोटाङका नेता बबी चामलीङले बताए ।

गत चैत्र ३० गतेदेखि सामान्य रुघाखोकीको समस्या देखिएका राईलाई गत आईतबार घरैमा अहेव बोलाएर इन्जेक्सन दिइएको थियो । इन्जेक्सन दिएको केही घण्टा पीडा हल्का भएपनि स्वास्थ्यमा सुधार नभएपछि राईलाई सोमबार उपचारका लागि जिल्ला अस्पताल हिँडाइएको थियो । कच्ची सडकमा अन्य सवारी साधन हिँड्ने अवस्था नहुँदा वडाध्यक्ष राईलाई ट्याक्टरमा राखेर अस्पताल हिँडाइएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए । उनलाई साप्सु खोलासम्म पुर्याएपछि त्यहाँबाट एम्बूलेन्समार्फत अस्पताल पुर्योउने तयारी गरिएको थियो । तर, उहाँको त्यहाँ आइ नपुग्दै निधन भएको थियो ।

तत्कालिन एमालेकातर्फबाट वडाध्यक्षमा निर्वाचित भएका राई २०५४ सालमा अनेरास्ववियु सिद्धेश्वरी माबि खिदिमा इकाई कमिटिको अध्यक्ष भएर राजनितीमा प्रवेश गरेका थिए । राई साकेला गाउँपालिकाको कार्यपालिका सदस्य एबं सामाजिक बिकास समितिका संयोजक थिए । साहित्यमा मणि मञ्जिलका नामले चिनिने राईका श्रीमती र दुई छोरी छन् । २०३९ साल पुस १ गते जन्मिएका राईको निधनमा नेकपा सहित अन्य दलका नेता तथा शुभेच्छुकले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई