२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा जन्ती बोकेको जीप दुर्घटना

२०७६, १० बैशाख मंगलवार १७:२५

वैशाख १०, डडेल्धुरा (रासस) | डडेल्धुराको अजयमेरुमा जन्ती बोकेको जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । महेन्द्रनगरबाट जन्ती बोकेर अजयमेरु गाउँपालिका–६ बलाना आइरहेको म१ज ६४४ नंको बलेरो जीप बलना भन्ने स्थानमा आज बेलुकी दुर्घटना हुँदा नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते नौ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । गम्भीर घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ बलनाका २० वर्षीय मदनराज पनेरु, सोही ठाउँका २५ वर्षीय सन्तोष पनेरु र कञ्चनपुरको बेतकोट नगरपालिका–१० का ३५ वर्षीय मदन कलौनी रहेको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिनुभयो ।

अन्य घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ का २२ वर्षीय अशोक पनेरु, सोही ठाउँका २३ वर्षीय कृष्णदत्त पनेरु, ४५ वर्षीय रामत्तद जोशी, वर्षीय २५ सिद्धराज पनेरु, २१ वर्षीय मुकेश पनेरु र ४६ वर्षीय लक्ष्मीदत्त पनेरु रहेका छन् ।

प्रहरीका अनुसार मोडमा जीप ब्याक गर्ने बेला सडकबाट करीब ५० मिटर तल खसेको हो । दुघर्टनामा परी घाइते भएकालाई उपचारका लागि अजयमेरु गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरास्थित डडेल्धुरा अस्पताल ल्याइरहेका घटनास्थल पुगेका प्रहरीले जनाएका छन् । दुलहादुहली अर्को गाडीमा रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण