२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँका सबै स्थानीय तहमा नेकपाको नेतृत्व टुङ्गो लाग्यो , को-को भए चयन ?

११ बैशाख २०७६, बुधबार ०३:५२

वैशाख ११, दमौली (रासस) | तनहुँका १० वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्व टुङ्गो लागेको छ । नेकपाको गण्डकी प्रदेश कमिटीको मङ्गलबार सम्पन्न बैठकले सबै स्थानीय तहमा नेतृत्वको टुङ्गो लगाएको हो । 

तनहुँका १० स्थानीय तहमध्ये पूर्वएमालेको भागमा तीन नगरपालिका र दुई गाउँपालिका र पूर्वमाओवादी केन्द्रको भागमा एक नगरपालिका र चार गाउँपालिकाको नेतृत्व परेको छ ।

पूर्वएमालेको भागमा भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, घिरिङ र रिसिङ गाउँपालिकाको नेतृत्व परेको छ भने पूर्वमाओवादीको भागमा भिमाद नगरपालिका, देवघाट, आँबुखैरेनी, बन्दीपुर र म्याग्दे गाउँपालिकाको नेतृत्व परेको छ । पूर्वएमाले अध्यक्ष भएको ठाउँमा पूर्वमाओवादीको सचिव र पूर्वमाओवादी अध्यक्ष भएको ठाउँमा पूर्वएमालेको सचिव तोकिएको छ ।

तनहुँमा देवघाट गाउँपालिकाको अध्यक्षमा भुवन गुरुङ र सचिवमा केशवचन्द्र न्यौपाने, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा प्रेम तमु र सचिवमा बेलबहादुर गुरुङ, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा विद्या लामिछाने र सचिवमा जीवन कायस्थ चयन भएका छन् ।

यसैगरी भानु नगरपालिकाको अध्यक्षमा प्रेम राना र सचिवमा सीताराम अधिकारी, व्यास नगरपालिकाको अध्यक्षमा श्रीराम कार्की र सचिवमा रामचन्द्र सापकोटा, म्याग्दे गाउँपालिकाको अध्यक्षमा डिलबहादुर नेपाली र सचिवमा सोमबहादुर आले, शुक्लागण्डकी नगरपालिकाको अध्यक्षमा मुक्ति तिमिल्सेना र सचिवमा बुद्धिसागर रिमाल, भीमाद नगरपालिकाको अध्यक्षमा रामबहादुर थापा र सचिवमा इमान थापा, रिसिङ गाउँपालिकाको अध्यक्षमा गञ्जसिंह गुरुङ र सचिवमा वीरबहादुर थापा र घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा र सचिवमा भुवन विक चयन भएका छन् ।

यसअघि पार्टीले नेकपाको जिल्ला अध्यक्षमा केदार सिग्देल र सचिवमा राजेन्द्रकेशरी न्यौपानेलाई नियुक्त गरिसकेको छ ।

वडाबाटै परिचयपत्र पाएपछि खुशी 

तनहुँको देवघाट गाउँपालिकाले वडा–वडाबाटै अपाङ्गता परिचयपत्र वितरण शुरु गरेपछि अपाङ्ता भएका व्यक्ति खुशी भएका छन् । अपाङ्गता भएका व्यक्ति परिचयपत्र लिन गाउँपालिका आउन नसक्ने भएपछि गाउँपालिकाले सुविधाका लागि वडा–वडाबाटै परिचयपत्र वितरण शुरु गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार अपाङ्गताको परिचयपत्र वितरणको अधिकार पाएको गाउँपालिकाले वडाबाटै परिचयपत्र वितरण गर्दा अपाङ्गता भएका व्यक्तिलाई सहज भएको अपाङ्ग सरोकार समितिका अध्यक्ष ऋषिराम लामिछानेले बताउनुभयो ।

हालसम्म परिचयपत्र वितरणसम्बन्धी कार्यविधि तयार र त्यसलाई अन्तिम रुप दिन समय लागेकाले धेरै समयपछि गाउँपालिकाबाट नै अपाङ्गता परिचयपत्र वितरण गर्न शुरु गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य