2026-09-19 02:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा २ हजार ३ सय ४८ लाभग्राहीले लिए तेश्रो किस्ता

चिसाङ शेर्पा | बैशाख १२, खोटाङ | भूकम्प गएको चार वर्ष वित्दा खोटाङमा २ हजार ३ सय ४८ लाभग्राहीले मात्रै तेश्रो किस्ता पाएका छन् । २०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पमा आफ्नो भौतिक संरचना गुमाएका जम्मा ८ हजार ४ सय ४३ लाभग्राहीमध्ये उक्त संख्याका लाभग्राहीहरुले सरकारले दिने अनुदान वापतको अन्तिम तेश्रो किस्ता गरी (तीन लाख) पाएका हुन् । 

रोजगार कोषको सचिवालय हेल्भेटास, पुननिर्माणको लागि सीप परियोजनाले भूकम्प पश्चात पुननिर्माण सम्वन्धि बिहीवार दिक्तेलमा गरेको अन्तरक्रिया कार्यक्रममा प्रथम किस्ता (५० हजार) ८ हजार ३ सय २४ र दोश्रो किस्ता (१ लाख ५० हजार) ५ हजार ३ सय २८ लाभग्राहीले लिएको जानकारी दिएको छ । जम्मा लाभग्राही मध्येमा १ सय १२ जना लाभग्राहीले अहिलेसम्म सम्झौता नै गरेका छैनन् ।

लाभग्राहीको सुचिमा रहे पनि एकभन्दा बढी घर भएका र यथास्थानमा बस्दै नबस्ने मनासय भएका लाभग्राहीले सम्झौता नगरेको पाइएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई दिक्तेलका प्रमुख सागर आचार्यले बताए । यद्यपी, कतीपयले डिजाईन गरेका घर वस्नलाई उपर्युक्त नभएकाले पनि सम्झौता नगरेको बताएका छन् ।

यस्तै, प्रवलीकरण (साधारण मर्मततर्फ) २ सय ५३ लाभग्राहीमा सबैले सम्झौता गरेर १ सय ८० लाभग्राहीले पहिलो किस्ता (५० हजार) पाइसकेका छन् । सामान्य मर्मतलाई सरकारले १ लाख अनुदान दिइरहेको छ । ७ हजार ५ सय ७५ वटा दर्ता भएका गुनासोमा १ सय २९ वटा गुनासो फछ्र्यौट भएको ईन्जिनियर धर्मेन्द्र कुमार झाले बताए । पुर्व क्षतितर्फ २१ र आंशिक क्षतितर्फ १०८ वटा गुनासो फछ्र्यौट भएका छन् । मापदण्ड पुरा गरी सिफारिस नआएका कारण तेश्रो किस्ता अनुदान दिन नसकिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई