२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा टिपर आतंक विरुद्ध सडक अवरुद्ध

२०७६, १२ बैशाख बिहीबार १०:२६

राम नारायण पंडित, बैशाख  १२, सिरहा । सिरहाको मिर्चैया स्थित स्थानीयले सडक अवरुद्ध पारेको छ । आज विहान ८ बजेदेखि करीब ३ घण्टा मिर्चैयाको कटारी चौकमा टिपर आतंक रोक्न माग गर्दै स्थानियहरुले सडक अबरुद्ध गरेका थिए ।

सिद्धिचरण राजमार्ग अन्तरगत मिर्चैया कटारी सडकखण्डमा ओभर लोड गरेर चल्ने टिपरले बाटोमा धुलो उडाएर वातावरण प्रदुशन गरेको स्थानीयहरुको आरोप छ । सैयौको संख्यामा दिनहुँ टिपर चलेपनि सडकमा नियमिति रुपमा पानी समेत नहाल्दा यहाँको जनताको स्वास्थ्य नै खतरामा परेकोले बाध्य भएर सडक अवरुद्ध गरेको स्थानीय संजिब यादबले बताए । 


टिपर आतंक रोकेर सडकमा पानी हाल्ने काम नगरे कडा आन्दोलन गर्ने समेत उनले चेतावनी दिए । ईलाका प्रहरी कार्यालय मिर्चैयाले सिमेन्ट फैक्ट्रीसंग समन्वय गरी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि अवरुद्ध सडक सुचारु भएको छ ।

मारुती, सौर्य र कसमस सिमेन्ट उद्योगका लागि चुन ढुङ्गगा बोक्ने दैनिक करीब १ हजारको हाराहारीमा टिपर यस सडकखण्डमा संचालनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस