2026-09-19 04:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा चट्याङले क्षति गरेको विधुतीय उपकरणहरु फेरियो

चिसाङ शेर्पा | बैशाख १३, खोटाङ | चट्याङले क्षति गरेको विधुतीय उपकरणहरु फेरिएपछी विजुली वत्ती वलेको छ । जिल्लाको साकेला गाउँपालिका–३ खिदिमा बोपुङमा अवस्थित तावाखोला तेश्रो लघु जलविधुतको पावर हाउसमा नयाँ विधुतीय उपकरणहरु फेरिएपछि वत्ती वलेको हो । १४ दिनमा वत्ती वलेपछि त्यहाँका उपभोक्ताहरुको जनजीवन सामान्य बनेको छ । 

गत वर्षको चैत्र ३० गते पानीसँगै परेको चट्याङले लघु जलविधुतमा क्षति गरेपछि मर्मत कोषको १ लाख ५० हजारले एलसी बोर्ड २ थान, एमसीभी २ थान, लाईटिङ टेष्टर १५ थान, मल्टीप्लग २ थान, टिभी १ थान र डिसहोम सेट १ थान खरीद गरी पुनः उपकरण जडान गरिएपछि बिहीबार साँझबाट वत्ती सुचारु भएको तावाखोला तेश्रो लघु जलविधुतका अध्यक्ष लोक प्रसाद राईले जानकारी दिए । मर्मत कोषवाट उपकरणहरु खरीद गरी वत्ती सञ्चालन गर्दै आए पनि पटक–पटक चट्याङले दुःख दिने गरेकाले थप सहयोगका लागि गाउँपालिकामा निवेदन दिइएको र गाउँपालिकाले सक्दो सहयोग गर्ने आश्वसन दिएको अध्यक्ष राईले बताए ।

वत्ती सुचारु भए पनि चट्याङले ३० उपभोक्ताहरुको घरमा क्षति गरेको छ । चट्याङवाट बच्नलाई लघु जलविधुत आयोजना अन्तरगत विभिन्न स्थानमा गरिएको अर्थिङहरुमा प्राविधिक सल्लाहा अनुसार पानी लगाएर चिस्याउने काम सुरु गरिएको छ । उक्त लघु जलविधुतबाट खिदिमा, मात्तिमको माथिल्लो भाग र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बास्थलाका २ सय ५२ घरधुरी लाभान्वित हुंदै आएका छन् । तीनै स्थानमा केन्द्रीय प्रसारण लाईन नहुंदा लघु जलविधुतमा समस्या आउना साथ स्थानीयहरु अध्याँरोमा बस्नु परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई