२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विचार बोकेकै आधारमा कोही जेल जानु पर्दैन : उपधानमन्त्री पोखरेल

२०७६, १४ बैशाख शनिबार १५:५१

 वैशाख १४, कास्की । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राणा र पञ्चायतकालमा जस्तो अहिले विचार बोकेकै आधारमा कोही पनि जेल जानु र विस्थापित हुनु नपर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेसन कास्कीले नेपाल कम्युनिष्ट पार्टीको ७०औँ स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजना गरेको ‘वर्तमान आर्थिक संरचना र समृद्धिको यात्रा’विषयक बहस कार्यक्रममा उहाँले भन्नुभयो, “विगतको जस्तो अवस्था अहिले देशमा छैन, सबैलाई राजनीतिक क्रियाकलाप गर्ने स्वतन्त्रता छ तर राजनीतिको आडमा आपराधिक क्रियाकलाप हुन्छन् भने अहिले पनि छुट छैन ।”

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सचिवालय सदस्यसमेत रहनुभएका मन्त्री पोखरेलले राजनीतिक प्रणालीबाट विकसित भएको र जनताका अधिकार स्थापनाका लागि ७० वर्षदेखि लडेको पार्टी अधिनायकवादी बन्न नसक्ने स्पष्ट पार्नुभयो । 

 नेकपा नेतृत्वको वर्तमान सरकारले एक वर्षको अवधिमा विकासको जग बसालेकाले अब देशलाई विकास र समृद्धितर्फ अगाडि बढाउने उहाँले उल्लेख गर्नुभयो । प्रणाली फेरिएकाले त्यसका लागि कानून निर्माण गर्ने, ऐन बनाउनेलगायतका काम गर्नुपर्दा सरकारले जनताले अनुभूत गर्नेगरी काम गर्न नसकेको भन्दै उहाँले भन्नुभयोे, “अबको राजनीति समृद्धिका लागि हो, विकासको मोडल भनेको निर्वाचनका बेला अगाडि सारिएका घोषणापत्रअनुसार नै हुन्छ, आम नागरिकले त्यस्तो विकासको अनुभूति छिट्टै गर्न सक्नुहुन्छ ।”

पूर्वमन्त्री एवं नेकपाका नेता जनार्दन शर्माले वर्तमान कर्मचारीतन्त्रमा व्यापक फेरबदल आवश्यक रहेको भन्दै त्यसो नभएसम्म देशमा समृद्धि नआउने धारणा राख्नुभयो । कर्मचारीतन्त्र सुविधामुखी भएको भन्दै उहाँले कर्णाली प्रदेशमा कर्मचारी जान नमान्नु यसको ज्वलन्त उदाहरण रहेको टिप्पणी गर्नुभयो । नेकपाको लक्ष्य समाजवादमा पुग्ने रहेको भन्दै नेता शर्माले समाजवादका बारेमा पार्टीभित्र बहस हुनुपर्ने बताउनुभयो । 

नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले सरकारमा अधिनायकवाद हाबी भएको आरोप लगाउनुभयो । उहाँले शक्ति एकीकृत गरेर शक्तिशाली बन्ने प्रधानमन्त्रीको सिको वडाध्यक्षसम्मले गर्न खोजेकाले त्यसलाई रोक्नुपर्ने धारणा राख्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी