२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरोकारवाला भन्छन्– कर छलुवा एनसेल र संरक्षण गर्नेहरुलाई बहिस्कार गरौं

२०७६, १५ बैशाख आईतवार १२:३३

उमाकान्त युके, वैशाख १५, काठमाडौं । ‘नो ट्याक्स नो एनसेल’ अभियान संचालन गर्दै आएका अभियान्ताहरुले एनसेलको सिमसँगै कर छलिलाई संरक्षण र प्रोत्साहान गर्नेहरुलाई बहिस्कार गर्नुपर्ने समय आएको धारणा राखेका छन् । आइतबार काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनिहरुले उक्त धारणा राखेका हुन् ।


कार्यक्रममा बोल्दै पूर्वसचिव डा. द्वारीकानाथ ढुङ्गेलले ठूला भनिएका दलका शिर्ष नेताहरुले नै एनसेललाई कर नतिर्न प्रोत्साहान गरिरहेको आरोप लगाएका छन् । “एनसेल कर तिर्ने सर्तमा नेपाल आएको हो र उ कर तिर्न पनि चाहन्छ । तर हाम्रो सिंहदरबार निदाएको छ, नेताहरु कमिशनको पछि कुदिरहेका छन्” ढुंगेलले भने ।  

देश कुशासनको दलदलमा फस्दै गएकोमा भन्दै चिन्ता व्यक्त गर्दै ढुङ्गेलले आफ्नो अभियान राष्ट्रको हितमा रहेको भन्दै आम जनता समक्ष अपील गरे । आफुहरुले अहिंसात्मक रुपमा आवाज उठाइरहेको भन्दै उनले शान्तिपूर्ण आवाजको सुनुवाइ नभए समाजमा हिंसाप्रतिको मोह बढ्न सक्ने खतरा औंल्याए ।

एनसेललाई लाभकर तिराउनुपर्ने भन्दै सर्वोच्चमा मुद्दा दायर समेत गरेका ढुंगेलले एनसेलले करत नतिरेसम्म आफूहरुको अभियान जारी रहने बताए । 

अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक एवं नेपाल कम्युष्टि पार्टीका युवा नेता नरबहादुर कार्कीले एनसेलले नेपालमा ब्यापार गर्ने नैतिक आधार गुमाइसकेको बताए । उनले दलाल राजनीतिक नेतृत्व, कर्पोरेट मिडिया र अदालतको संरक्षणमा एनसेल टिकिरहेको आरोप लगाए । 

‘नो ट्याक्स नो एनसेल’ अर्थात एनसेलको सिम बहिस्कार अभियान्ता समेत रहेका कार्कीले एनसेल करछलि प्रकरण एउटा उदाहरण मात्रै भएको भन्दै बालुवाटार, खुलामञ्च, निर्मला पन्त, सुन तस्करीलगायत सबै प्रकरण वर्तमान राजनीतिक प्रणलीको उपज भएको बताए । राजनीतिक ब्यवस्था र पार्टीलाई रेलसँग तुलना गर्दै उनले भने,“रेलको ट्«याक, गति बिग्रिन थाल्यो भने रेल नै फेनु पर्छ । एक डिब्बाबाट अर्को डिब्बामा सरेर सहि गन्तब्यमा पुगिदैन । डबल नेकपा, काँग्रेस, मधेशी दल, नयाँ शक्ति, विवेबशीललगायत संसदिय पार्टीहरु एउटै रेलका भिन्नभिन्न डिब्बा मात्रै हुन् ।”

त्यसैगरी चर्चित नायीका एवं सामाजिक अभियान्ता रेखा थापाले जुनसुकै सर्तमा पनि सरकारले एनसेलबाट कर असुल्नु पर्ने धारणा राखेकी छन् ।


भ्रष्टाचार र व्यथितिका विरुद्ध बोल्ने व्यक्तिलाई विभिन्न किसिमको ट्याग लगाउने गरिएको भन्दै उनले सरकारलाई प्रश्न गरिन्,“उता गाउँमा सिटामोल नपाएर गरिब जनताको मृत्यु भइरहेको छ । सामान्य अस्पताल बनाउन चन्दा उठाउनु पर्ने अवस्था छ । यता एनसेलले अर्बौं कर तिर्न मानिरहेको छैन, कसले संरक्षण गरिरहेको छ ?” 

परिवर्तनका लागि आवाश्यक परे आफु मर्न पनि तयार रहेको बताउँदै थापाले कर नतिर्ने एनसेलको सिम बहिस्कार गर्न युवाहरुलाई आग्रह समेत गरिन् । उनले आफरु एनसेललाई कर तिराउने अभियान जारी रहेको बताइन् । 

वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले एनसेल कर छलि विरुद्धको आन्दोलन कुनै व्यक्ति,संगठन्, पार्टी विशेषको नभएर तीन करोड नेपालीसँग सरोकार राख्ने विषय भएको बताए । अदालतबाट सकारात्मक निर्णय हुने अपेक्षासहित आफुहरुले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएको जानकारी दिँदै भण्डारीले सडकबाट पनि निरन्तर खबरदारी गर्न आम नागरिकलाई आग्रह गरे । 


एनसेलका करविरुद्ध सर्वोच्चमा परेको रिटमाथि बहस गरेका बरिष्ठ अधिबक्ता भण्डारीले एनसेलसँग सम्बन्धीत सर्बोच्चको पछिल्लो अन्तरिम आदेश त्रुटिपूर्ण रहेको बताए । सर्वोच्चले यसअघि गरेको निर्णय कार्यान्वनय गर्न सबै क्षेत्रबाट दवाव आवश्यक रहेको बताए । 

त्यसैगरी बहिरगमित जनमुक्ति सेनाका वरिष्ठ उपाध्यक्ष रमेश वस्यालले ‘नो ट्याक्स नो एनसेल’ अभियानप्रति ऐक्यबद्धता जनाउँदै अदालतको आदेश, प्रयोगकर्ताको चाहना र जनताको माग विपरित अघि बढे एनसेलमाथि भौतिक कारबाही गर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो