2026-08-24 08:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

अज्ञात रोगबाट परिवारनै बिरामी

बैशाख १६, गाईघाट – उदयपुर जिल्लाको मध्यपहाडी रौतामाई गाउँपालिका–६ को नामन्तमा एउटै वंशका दाजुभाइका समाल मगरका घरपरिवारनै एकै प्रकारका अज्ञात रोगबाट सिकिस्त बिरामी हुँदै आएका छन् भने दुईको मृत्यु भइसकेको छ ।

पाँच वर्षदेखि शरीर काम्ने र हल्लिने हातखुट्टा झमझमाउने रोगबाट ग्रसित हुँदै आएका समाल मगर परिवारमा श्रीमान् दुर्गाबहादुर समाल मगर र श्रीमती अम्बिका समाल मगरको अज्ञात रोगको कारण मृत्यु भइसकेको छ ।

अहिले अन्य दाजुभाइ जेठा दाजु, माइला दाजु र साइला दाजुका सन्तान र तीनपुस्ते वंशभित्रका सम्पूर्ण समाल मगरमा यो अज्ञात रोग सर्दै गएपछि सबै समाल मगर परिवारनै रोगबाट ग्रसित बन्न पुगेको स्थानीय छिमेकी कृष्णबहादुर मगरले बताए ।

पाँच वर्षभन्दा पनि लामो समयदेखि एउटै बाजे र दाजुभाइका सन्तानमा यो अज्ञात रोग देखा परेको र यसको विभिन्न स्थानमा बिरामीलाई लगेर उपचार गराउँदासमेत रोग पत्ता लगाउन नसकिएको  छिमेकी कृषबहादुर बताउँछन् ।

शुरुमा पाँच वर्ष अघि घरबाट मलेसिया गएका जेठोको सन्तान दुर्गाबहादुर समाल मगरलाई यो अज्ञात रोगले भेटेको मृतक दुर्गाबहादुर मगरका भिनाजु विष्णु मगरले बताए ।

दुर्गाबहादुर मलेसियाबाट घरफर्केर आएपछि हातखुट्टा काम्ने, थर्थराउने रोगले छोएको कारण पटक–पटक राजधानी काठमाडौँलगायतका अस्पतालमा समेत उपचार गराउँदा पनि रोग पत्ता नलागेको र उपचार हुन नसकेपछि एक वर्ष अघि दुर्गाबहादुरको मृत्यु भएको भिनाजु विष्णु मगर बताउँछन् ।

त्यसपछि दुर्गाबहादुर मगरको श्रीमती अम्बिका समाल मगरलाई यो रोगले छोएको एक वर्षमा अम्बिकाको पनि मृत्यु भएको होे ।

अहिले यो अज्ञात रोग माइलाका सन्तान बलबहादुर समाल मगर, बुहारी हीरामाया आलेमगर र उनीहरुको घर परिवारतर्फ सरेपछि दुवै समाल परिवारका नौजना सदस्य यतिखेर अज्ञात रोगको कारण सिकिस्त बिरामी परेको छिमेकी बताउँछन् ।

यस्तै साइलाका सन्तान र छोराछोरीमा समेत यो रोग धमाधम सर्न थालेपछि अहिले दुर्गाबहादुर समाल मगरको तीनपुुस्ते वंशभित्र सबैमा यो अज्ञात रोग विस्तारै सर्दै गएर प्रभावित पार्न थालेको छ ।

समाल परिवारका सबै दाजुभाइ सन्तान यो अज्ञात रोगबाट ग्रसित बन्दै गएपछि स्थानीय छिमेकी तथा नातागोताले उनीहरुको सेवा गरिदिने खाना पकाएर खुवाउनेदेखि सम्पूर्ण काम गरिदिने गरेको स्थानीय छिमेकी पार्वती मगरले बताए ।

समाल परिवारको बिरामीलाई उपचारको लागि अहिले जिल्ला अस्पताल गाईघाट हुँदै विराटनगरका विभिन्न अस्पतालमा लगेर उपचार गराए पनि रोग पत्ता लगाउन नसकिएको र उपचारसमेत हुन नसकेपछि स्थानीवासी तथा उनीहरुका नातागोतासमेत दुःखी र अचम्मित बन्न पुगेका छन् ।

एकातिर रोग पत्ता लाग्न नसक्नु, अर्कोतर्फ उपचार पनि सफल हुन नसक्नु र दिनानुदिन सबै शाखा, सन्तान नै अज्ञात रोगको कारण पीडित बन्दै गएपछि अहिले नामन्तका समाल परिवारको वंशनै नाश हुने अवस्था आएको स्थानीय पार्वती मगरले बताए ।

यसतर्फ समयमा नै स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकाय र जनप्रतिनिधिको उचित ध्यान जानुपर्ने र अज्ञात रोगको विषयमा पनि गम्भीर अनुसन्धानको लागि राज्यको तर्फबाट नै पहल थालिनुपर्ने रौतामाई गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरीले बताए ।

अज्ञात रोग विस्तारै सर्दै गएर सम्पूर्ण समाल परिवारलाई प्रभावित बनाएपछि कतै यो रोग अन्यत्र छिमेकीमा पनि सर्ने हैन भन्ने डर र त्रासले आफूहरुलाई समेत सताउन थालेको नामन्तका गणेशबहादुर मगर बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन