2026-09-01 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बीमाका बिरामीलाई छुट्टै बहिरङ्ग विभाग

 वैशाख  १६, चितवन । चितवन, १६ वैशाख (रासस): भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । बीमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पताल आउने बिरामीमध्ये झण्डै आधा बीमाका भएपछि सजह सुविधा दिने उद्देश्यले नयाँ विभाग शुरु गरिएको हो । उहाँका अनुसार बीमाका दैनिक ६ सय बिरामी अस्पताल आउने गरेका छन् । 

बीमा नभएका बिरामीको सङ्ख्या सातको हाराहारी हुने गरेको उहाँले बताउनुभयो । सो बहिरङ्ग सेवामा चारजना चिकित्सक रहने व्यवस्था गरिएको छ । बीमा गरेकाले अन्य विभागबाट पनि सेवा लिनसक्ने व्यवस्था गरिएको पौडेलले बताउनुभयो । 

हरेक दिन बिहान ९ बजेदेखि ३ बजेसम्म सेवा दिनसक्ने गरी बहिरङ्ग सेवा खोलिएको हो । अन्य बिरामीका लागि बिहान १० बजे बाट दिउँसो ३ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन गरिएको छ । अस्पतालमा सबैका लागि बिहान ९ बजे टिकट खुल्ला हुने गर्दछ । टिकट काटेलगत्तै बीमाका बिरामीले स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन् ।

वैशाख महीना शुरु भएसँगै नयाँ विभाग सञ्चालनमा ल्याइएको हो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार सरकारले हाल बीमाका बिरामीलाई प्रथम सेवा विन्दुको रूपमा प्राथमिक स्वास्थ्य केन्द्र र सरकारी अस्पताल तोकेकाले सरकारी अस्पतालमा बिमारीको भीड लाग्ने गरेपछि बहिरङ्ग सेवा थप गरेको बताउनुभयो । 

बीमा भएका र नभएका बिरामीलाई अन्य सबै सेवामा सँगै उपचार गरिएको पौडेलले बताउनुभयो । निःशुल्क स्वास्थ्य बीमाअन्तर्गत देशका ४२ जिल्लामध्ये चितवनमा सबैभन्दा बढी सङ्ख्यामा बीमा गरेको कार्यालयले जनाएको छ  । स्वास्थ्य बीमा बोर्ड चितवनका अनुसार जिल्लामा दुई लाख भन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला