२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी ३१ जनाको मृत्यु

२०७६, १६ बैशाख सोमबार ०८:३८

बैशाख १६, जाकार्ता । इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र  पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या सोमबारसम्म ३१ पुगेको छ । 

यस प्रकोपमा परी १३ व्यक्ति अझै बेपत्ता रहेका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले जानकारी दिएका छन् ।  यस बाढी  र पहिरोको कारण  केही विद्यालयलगायत १ सय ८४ ओटा भवनहरु ध्वस्त भएपछि  १२ हजार भन्दा बढी व्यक्ति विस्थापित भई शरणार्थी स्थलमा पुगेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

त्यसैगरी सडक पुललगायतका अन्य ४० ओटा संरचनाहरु सो प्रकोपको कारण ध्वस्त भएको बताइएको छ । 

इन्डोनेसियामा बाढीे र पहिरो जस्ता प्राकृतिक प्रकोप बारम्बार सतारहेको पाइन्छ  । बाढीलगायतका प्राकृतिक प्रकोपमा परी इन्डोनेसियामा बर्षेनी हजारौँ व्यक्तिको मृत्यु हुने गरेको जनाइएको छ । रासस /सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी