२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कोषाध्यक्षहरूका लागि लेखा व्यवस्थापन तालिम शुरू

२०७६, १६ बैशाख सोमबार १०:१४

बैशाख १६, मकवानपुर । टोल विकास संस्था नगर समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा लेखा ब्यवस्थापन तालिम सुरु भएको छ। हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ र १३ मा नव गठित ४२ वटा टोल विकास संस्थाका कोषाध्यक्षहरूका लागि लेखा व्यवस्थापन तालिम शुरू भएको  टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले बताउनुभयो ।  


नगर अध्यक्ष अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतको प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका निवर्तमान अध्यक्ष ईश्वर ढुङ्गाना, हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भिम प्रसाद तिमल्सिना, महासचिव शिवहरी दाहाल, उपमहासचिव ज्ञान बहादुर थापा, सचिव राजेन्द्र चौलागाई, देव कुमार श्रेष्ठ, कोषाध्यक्ष चन्द्रावती अधिकारी, गिता मैनाली, हर्करत्न लामा, सुर्य राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा २ वडाका ४२ जनाको सहभागीता रहेको छ ।

तालिम भोली सम्म चल्ने छ।  टोल विकास संस्थाको बचतले गर्दा टोल टोलमा आर्थिक समृद्धि, स्वरोजगार वृद्धि भईरहेको जसको कारणले नगरको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुगेको प्रमुख अतिथि हरिबहादुर महतले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस