बैशाख १६, मकवानपुर । टोल विकास संस्था नगर समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा लेखा ब्यवस्थापन तालिम सुरु भएको छ। हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ र १३ मा नव गठित ४२ वटा टोल विकास संस्थाका कोषाध्यक्षहरूका लागि लेखा व्यवस्थापन तालिम शुरू भएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले बताउनुभयो ।

नगर अध्यक्ष अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका निवर्तमान अध्यक्ष ईश्वर ढुङ्गाना, हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भिम प्रसाद तिमल्सिना, महासचिव शिवहरी दाहाल, उपमहासचिव ज्ञान बहादुर थापा, सचिव राजेन्द्र चौलागाई, देव कुमार श्रेष्ठ, कोषाध्यक्ष चन्द्रावती अधिकारी, गिता मैनाली, हर्करत्न लामा, सुर्य राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा २ वडाका ४२ जनाको सहभागीता रहेको छ ।

तालिम भोली सम्म चल्ने छ। टोल विकास संस्थाको बचतले गर्दा टोल टोलमा आर्थिक समृद्धि, स्वरोजगार वृद्धि भईरहेको जसको कारणले नगरको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुगेको प्रमुख अतिथि हरिबहादुर महतले बताउनु भयो ।