२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

युवा राष्ट्रसेवक कर्मचारीको पहीले देश अनि बिदेश घुम्ने अभियान जारी

२०७६, १६ बैशाख सोमबार १४:५२

कमल रावल, बैशाख १६, अछाम । पुर्बि नेपालका युवा राष्ट्रसेवक कर्मचारीको पहीले देश अनि बिदेश घुम्ने अभियान जारी रहेको छ । आफ्नो देशका जुनसुकै स्थानमा रहेका पर्यटकिय स्थल, सास्कृतिक पहिचान बोकेका क्षेत्रको अवलोकन भ्रमण सहीत प्रचारप्रसार गर्ने लक्ष्य सहीत टिम देश अनि बिदेश घुम्ने अभियानमा लागेको बताईएको छ । 

पर्यटन बर्ष २०२० लाई सफल पार्नका लागि पुर्बि नेपालका फरक फरक जिल्ला बासिले युवाले नेपालका सबै स्थल घुमेपछी मात्र बिदेश घुम्ने लक्ष्य राखेका छन । बिगत ५ बर्षबाट पहीले देश अनि बिदेश अभियान थालेका युवाले यस बर्ष कर्णाली प्रदेशको राराताल तथा सुदुरपश्चिम प्रदेशको पर्यटकिय क्षेत्र रामारोशनको भ्रमण गरेका छन । 


मनाङ, मुस्तागँ हुदै थुप्रै क्षेत्र आफ्नो टिमले भ्रमण गरिसकेकाले यो बर्ष कर्णाली र सुदुरपश्चिम भ्रमण गरेको युवा कर्मचारी जीवन सुबेदीले बताउनु भयो । आफनो अभियान ब्यक्तिगत भ्रमण मात्र नभएर आफनो देशलाई तथा बिदेश चिनाउन भएकाले प्रचारप्रसार सहीत पर्यटन बर्ष २०२० लाई समेत टेवा पुग्ने सुबेदीले बताउनु भयो । आफु राष्ट्रसेवक कर्मचारी भएतापनी आफ्नो कामलाई सकेर बर्षमा बाँकी रहेको बिदालाई सदुपयोग गर्दै बर्षमा २ पटक चैत, बैशाख र असोज कात्तिकमा भ्रमण गरेको उहाँले बताउनु भयो ।


मुगुको राराताल र अछामको पुर्बि बेल्ड हुदै मंगलसेन रामारोशन, साफे, डोटि शैलेश्वरि, डडेल्धुरा उग्रतारा, कन्चनपुर दोधारा चाँदनि पुल कैलालि घोडाघोडि ताल, चिसापानि, कर्णालिपुल सम्म यात्रा गरेर आईसकेपछी रेडियो रामारोनसँग सक्षिप्त कुरा गर्दै सुबेदिले आन्तरिक र बाह्य पर्यटकिय भित्रयाउनका लागि नेपालमा थुप्रै पर्यटकिय क्षेत्र भएकाले यसको संरक्षण, सम्र्बद्धन सहीत प्रचारप्रसारमा सबैले ध्यान दिनुपर्ने बताउनु भयो । 


बाह्य पर्यटकलाई बढाउनका लागि सडक संञ्जाल बिस्तार, उचित होटेलको ब्याबस्थापनमा जोड दिनु पर्ने बताउनु भयो । पहीले देश अनि बिदेश अभियान सुरु गरेका भोजपुरका जिवन सुबेदी, मकवानपुरका प्रबिण तिवारी, महोत्तरीका शिब कुमार कुँवर र बिराटनगरका सुर्य सुबेदीले पुर्ब भन्दा पश्चिमका नागरिक निकै सभ्य र सहयोगी भावनाका भएकाले राज्यको लगानि सहीत पर्यटक लोभ्याउने अभियानमा लागे यस क्षेत्रका नागरिकको आर्थिक बृृद्धि बढेर जाने बताएका छन । 


अछामको पर्यटकिय क्षेत्र रामारोशनको भ्रमण गर्दै प्रकृतिले प्रदान गरेका ताल, मैदान, छटाहरुले सबैको मन लोभ्याउनुका साथै स्थानिय परिकारले रामारोशनको झनै महत्व बढेको बताएका छन । सोही क्रममा रामारोशनको समग्र पुर्बाधार बिकास, सबै क्षेत्रबाट गाडि पुग्ने सक्ने ट्रेकिङ्कको ब्याबस्था सहीत प्रचारप्रसारमा बिशेष जोड दिन गाउपालिकालाई सुझाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी