२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

युवा राष्ट्रसेवक कर्मचारीको पहीले देश अनि बिदेश घुम्ने अभियान जारी

१६ बैशाख २०७६, सोमबार १४:५२

कमल रावल, बैशाख १६, अछाम । पुर्बि नेपालका युवा राष्ट्रसेवक कर्मचारीको पहीले देश अनि बिदेश घुम्ने अभियान जारी रहेको छ । आफ्नो देशका जुनसुकै स्थानमा रहेका पर्यटकिय स्थल, सास्कृतिक पहिचान बोकेका क्षेत्रको अवलोकन भ्रमण सहीत प्रचारप्रसार गर्ने लक्ष्य सहीत टिम देश अनि बिदेश घुम्ने अभियानमा लागेको बताईएको छ । 

पर्यटन बर्ष २०२० लाई सफल पार्नका लागि पुर्बि नेपालका फरक फरक जिल्ला बासिले युवाले नेपालका सबै स्थल घुमेपछी मात्र बिदेश घुम्ने लक्ष्य राखेका छन । बिगत ५ बर्षबाट पहीले देश अनि बिदेश अभियान थालेका युवाले यस बर्ष कर्णाली प्रदेशको राराताल तथा सुदुरपश्चिम प्रदेशको पर्यटकिय क्षेत्र रामारोशनको भ्रमण गरेका छन । 


मनाङ, मुस्तागँ हुदै थुप्रै क्षेत्र आफ्नो टिमले भ्रमण गरिसकेकाले यो बर्ष कर्णाली र सुदुरपश्चिम भ्रमण गरेको युवा कर्मचारी जीवन सुबेदीले बताउनु भयो । आफनो अभियान ब्यक्तिगत भ्रमण मात्र नभएर आफनो देशलाई तथा बिदेश चिनाउन भएकाले प्रचारप्रसार सहीत पर्यटन बर्ष २०२० लाई समेत टेवा पुग्ने सुबेदीले बताउनु भयो । आफु राष्ट्रसेवक कर्मचारी भएतापनी आफ्नो कामलाई सकेर बर्षमा बाँकी रहेको बिदालाई सदुपयोग गर्दै बर्षमा २ पटक चैत, बैशाख र असोज कात्तिकमा भ्रमण गरेको उहाँले बताउनु भयो ।


मुगुको राराताल र अछामको पुर्बि बेल्ड हुदै मंगलसेन रामारोशन, साफे, डोटि शैलेश्वरि, डडेल्धुरा उग्रतारा, कन्चनपुर दोधारा चाँदनि पुल कैलालि घोडाघोडि ताल, चिसापानि, कर्णालिपुल सम्म यात्रा गरेर आईसकेपछी रेडियो रामारोनसँग सक्षिप्त कुरा गर्दै सुबेदिले आन्तरिक र बाह्य पर्यटकिय भित्रयाउनका लागि नेपालमा थुप्रै पर्यटकिय क्षेत्र भएकाले यसको संरक्षण, सम्र्बद्धन सहीत प्रचारप्रसारमा सबैले ध्यान दिनुपर्ने बताउनु भयो । 


बाह्य पर्यटकलाई बढाउनका लागि सडक संञ्जाल बिस्तार, उचित होटेलको ब्याबस्थापनमा जोड दिनु पर्ने बताउनु भयो । पहीले देश अनि बिदेश अभियान सुरु गरेका भोजपुरका जिवन सुबेदी, मकवानपुरका प्रबिण तिवारी, महोत्तरीका शिब कुमार कुँवर र बिराटनगरका सुर्य सुबेदीले पुर्ब भन्दा पश्चिमका नागरिक निकै सभ्य र सहयोगी भावनाका भएकाले राज्यको लगानि सहीत पर्यटक लोभ्याउने अभियानमा लागे यस क्षेत्रका नागरिकको आर्थिक बृृद्धि बढेर जाने बताएका छन । 


अछामको पर्यटकिय क्षेत्र रामारोशनको भ्रमण गर्दै प्रकृतिले प्रदान गरेका ताल, मैदान, छटाहरुले सबैको मन लोभ्याउनुका साथै स्थानिय परिकारले रामारोशनको झनै महत्व बढेको बताएका छन । सोही क्रममा रामारोशनको समग्र पुर्बाधार बिकास, सबै क्षेत्रबाट गाडि पुग्ने सक्ने ट्रेकिङ्कको ब्याबस्था सहीत प्रचारप्रसारमा बिशेष जोड दिन गाउपालिकालाई सुझाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला