2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

रिहालगत्तै विप्लव समूह परित्याग

बैशाख १७, भोजपुर । विप्लव समूहका दुई कार्यकर्ताले रिहा भएलगत्तै पार्टी परित्याग गरेका छन् । 

भैँसीपङ्खाका दीपचन्द्र राई र रमेश राईले रिहा भएसँगै आज पार्टी परित्याग गरेका हुन् ।

विप्लव समूहमा संलग्न भई विभिन्न गैरकानूनी क्रियाकलापमा लागेको भन्दै दुवै जनालाई प्रहरीले गत चैत २३ गते पक्राउ गरेको थियो । 

हिरासतमा रहेका दुवैलाई जिल्ला प्रशासन कार्यालयले रु छ हजार धरौटीमा रिहा गरेको हो  । 

प्रेस विज्ञप्तिमार्फत आफूहरु पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको बताएका हुन् । 

विज्ञप्तिमा विगतका गतिविधिप्रति आत्मसमीक्षा गर्दै अबउप्रान्त विप्लव समूहमा कुनै किसिमको आबद्धता नरहने उल्लेख छ । 

प्रतिबद्धता विपरीत गतिविधि गरेमा कानूनअनुसारको सजाय भोग्न तयार भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

दुवै जनालाई साधारण तारिखमा रिहा गरिएको प्रजिअ नुरहरि खतिवडाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई