२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सामाजिक सुरक्षा ऐनलाई व्यावहारिक र प्रभावकारी बनाइनुपर्ने

२०७६, १८ बैशाख बुधबार ०५:३९

वैशाख १८, हेटौँडा  |  प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले आन्दोलनकारी शक्तिले नै अहिले राष्ट्रमा सरकार प्रमुखको नेतृत्व सम्हालेकाले मजदूरको बृहत् हितको लागि सामाजिक सुरक्षा ऐन र श्रमिक ऐनलाई व्यावहारिक, प्रभावकारी रुपमा कार्यान्वयन गर्न अग्रसरता लिनुपर्ने बताउनुभएको छ ।

सभामुख श्रेष्ठले १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा नेपाल ट्रेड युनियन महासङ्घ र अखिल नेपाल ट्रेड युनियन महासङ्घ मकवानपुरद्वारा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकमा राजनीतिक परिर्वतनले फड्को मारेकाले अब राजनीतिक कार्यकर्ता र मजदूरले आन्दोलनको नाममा ध्वंस गर्ने प्रवृत्तिलाई त्यागेर सिर्जनशील निर्माण कार्य र आर्थिक समृद्धिको लागि एकजुट हुन आह्वान गर्नुभयो ।

सो अवसरमा नेकपा मकवानपुरका अध्यक्ष तथा प्रदेश नं ३ का सदस्यद्वय मुनु सिग्देल र प्रेमबहादुर पुलामीले मजदूरलाई आर्थिक, सामाजिक रुपमा स्थापित गराई राष्ट्रलाई आत्मनिर्भर हुने उद्योगमा परिचालन गर्ने क्रममा व्यवस्थापनसँग सहकार्य गरेर ट्रेड युनियन महासङ्घलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै सामाजिक सुरक्षा ऐन र श्रम ऐनलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्दै लैजान प्रदेश सरकारले अब नेतृत्व लिएर थप ऐन कानून ल्याउन पर्दछ भन्नुभयो ।

सो अवसरमा नेपाल ट्रेड युनियन महासङ्घका उपाध्यक्ष जय कार्की, मजदूर नेत्री बेलीमाया गोले, समाजसेवी बरुण शाह, श्याम श्रेष्ठ र ट्रेड युनियन महासङ्घ मकवानपुरका अध्यक्ष अर्जुन ढुङ्गेलले औद्योगिक क्षेत्र, प्रतिष्ठान र मझौला उद्योगमा कार्यरत मजदूरलाई उनीहरुको वृतिविकासको लागि स्थानीय निकाय र  प्रदेश सरकारको सम्बन्धित निकायको सहयोग सद्भाव आवश्यक रहेको छ  भन्नुभयो ।

अन्तर्राष्ट्रिय मई दिवस मनाउने क्रममा स्थानीय हुप्राचौरबाट निस्केको बृहत् ¥यालीले हेटौँडा बजारको आज परिक्रममा गरी स्थानीय बुद्धचोकमा पुगेपछि कार्यक्रममा परिणत भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस