२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रेसमाथि अङ्कुश लगाउने गतिविधिले लोकतन्त्र कमजोर हुन्छ

२०७६, १८ बैशाख बुधबार ०७:११

वैशाख  १८, जनकपुरधाम | सरकारले समाचार प्रकाशन र प्रसारणमाथि अङ्कुश लगाउने गतिविधि बन्द गर्नुपर्ने धारणा सञ्चारकर्मीले व्यक्त गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ प्रादेशिक समिति प्रदेश नं २ द्वारा आज यहाँ आयोजित ऐक्यबद्धता र्याली र कोणसभामा सञ्चारकर्मीले सो धारणा राख्दै प्रेसमाथि अङ्कुश लगाउने गतिविधिले लोकतन्त्र कमजोर हुन्छ भन्नुभयो ।

वरिष्ठ पत्रकार राजेश्वर नेपालीले लोकतन्त्र स्थापनाका लागि पे्रस चाहिने तर लोकतन्त्र स्थापना भएपछि पे्रससँग शत्रुवत् व्यवहार गर्नु चिन्ताको विषय भएको बताउनुभयो । अर्का वरिष्ठ पत्रकार रामभरोस कापडीले पे्रसमाथि गिद्धे दृष्टि राख्नु अँध्यारोलाई निम्तो दिनु हो भन्नुभयो ।

राजनीतिक विश्लेषक रोशन जनकपुरीले पे्रसमाथि सुनियोजित ढङ्गले आक्रमण हुनु लोकतन्त्रका लागि श्रेयस्कर हुन सक्दैन भन्नुभयो । नेपाल पत्रकार धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले सरकार पे्रस स्वतन्त्रतामाथि आक्रमण गरी पे्रसलाई बन्धक बनाउने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो ।

प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानको सभापतित्वमा भएको सो सभामा उपाध्यक्ष केसी लामिछाने र महासचिव किरण कर्णले सरकार निरङ्कुशता लाद्ने गतिविधितर्फ उद्धृत रहेको विचार राख्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस