Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

परम्परा भन्दा उन्नत तरिकाले आलु खेती गर्दा १ सय ५० किलो बढि फल्यो

२०७६, १८ बैशाख बुधबार १५:१४

बैशाख १८, सल्यान । सल्यान कपुरकोट गाउँपालिकाका किसानले उन्नत कृषि प्रविधिका विषयमा आफ्नै बारिमा अध्यन गरेका छन् । कपुरकोट २ खहरेका किसानले उन्नत प्रविधिबाट खेती गर्दा कम लागतमा बढि उत्पादन लिन सकिने कुरा प्रमाणित भएपछि अव नयाँ ढंगले खेती गर्ने प्रतिवद्धता जनाए । कपुरकोट गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सञ्चालन गरिएको जनचेतना तरकारि कृषक पाठशालामा आवद्ध २५ जना किसानले आलु खेती गरेका थिए ।


गत माघ १३ गते एक रोपनी जमिनमा किसानहरुले परमपरागत तरिकाले र उन्नत प्रविधि मार्फत आलु खेती शुरु गरेका थिए । कृषक डण्डी बस्नेतले आधा रोपनीमा पुरानो शैलीमा र आधा रोपनी जमीनमा नयाँ उन्नत तरिकाले खेती गर्दा धेरै फरक पाइएको बताइन् । उनले भनिन्, ‘उन्नत तरिकाले गरिएको खेतीबाट आलुको राम्रो फल लाग्यो र धेरै पनि फल्यो ।’

कृषि विकास शाखा कपुरकोटका प्राविधिक कमला ओलीका अनुसार परमपरागत तरिका भन्दा उन्नत प्रविधिबाट खेती गर्दा एक सय ५० किलो बढि आलु उत्पादन भएको छ । बुधबार खहरेमा पाठशालाको समापन कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै उनले उन्नत तरिकाले आधा रोपनी जमिनमा ५० किलो आलुको विउ ७० सेन्टीमिटर फरकको ड्याङ र २५ सेन्टीमिटरको फरकमा आलु रोप्दा १० वर्गमिटरमा ४०.५ किलो उत्पादन भएको बताइन् । तर स्थानिय तरिकाले लगाउदा ३७ किलो मात्रै उत्पादन भएको थियो भने आलुको दाना कुनै ठूलो र कुनै निकै साना उत्पादन भएका थिए ।

जनचेतना तरकारि कृषक पाठशालाका अध्यक्ष डिल्ली बहादुर बस्नेतले पाठशालामा सिकेको ज्ञान र सिप प्रयोग गर्दा उत्पादन बढेको बताए । ‘पहिले हामीले कृषि प्राविधिकहरुलाइ देख्न नै पाउँदैनथ्यौँ, तर यस पटक उहाँहरु हाम्रो बारिमै आएर पढाउनुभयो, उनले भने, सिकेर, बुझेर खेती गर्दा राम्रो उत्पादन हुने रहेछ ।’

पाठशालाको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले आधुनिक प्रविधिबाट खेती गर्दा कम लागतमा धेरै उत्पादन हुने भएकाले यस तर्फ अग्रसर हुन किसानलाइ आग्रह गरे । उनले कपुरकोट गाउँपालिकालाइ समृद्ध बनाउने आधार नै कृषि भएकाले ब्यवशायीक खेती प्रणाली र किसानलाइ हरेक किसिमको सहयोग गर्न आफु क्रियाशिल भएर लागिरहेको बताए । कार्यक्रममा कपुरकोट २ का वडा अध्यक्ष मान बहादुर राना, कृषि विकास शाखा प्रमुख टिका कुमारि राई, कृषि प्राविधिक मुना बुढा लगाएतको मन्तव्य राखेका थिए । १६ हप्ता सम्म पाठशाला सञ्चालन भएको थियो ।

कपुरकोट ब्यवशायीक तरकारि उत्पादन केन्द्र

यसैविच प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कपुरकोट ३ र ४ मा शुरु भएको तरकारि ब्लकमा आवद्ध किसानलाइ तरकारि खेती सम्बन्धी तालिम प्रदान गरिएको छ । बुधबार २ दिने कम्पोष्ट तथा गोठे मल र तरकारि विरुवा उत्पादन एवम् खेती सम्बन्धी तालिमको एक कार्यक्रमका विच समापन गरिएको ब्लक सञ्चालक समितीका सचिव तिलक शर्माले जनाएका छन् ।

कार्यक्रममा गाउापालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले तरकारि खेतीका लागी प्रख्यात कपुरकोटलाइ अग्र्यानीक खेतीको रुपमा परिचीत बनाउनुपर्नेमा जोड दिए । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले रोजगारिका लागी विदेशीने युवालाइ गाउँमै कृषि पेशामा आवद्ध बनाइ कृषिमा आधारित अर्थतन्त्रको माध्यमबाट गाउँपालिकाको आर्थीक उन्नती हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश