२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघद्वारा फुलफल वितरण र रक्तदान

२० बैशाख २०७६, शुक्रबार ०८:३६

बैशाख २०, कञ्चनपुर । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ कञ्चनपुर शाखाले रक्तदान तथा फलफुल विरतरण कार्यक्रम आयोजना गरिको छ । 

शुक्रबार महेन्द्रनगरमा कार्यक्रम आयोजना गरेर कञ्चनपुर शाखाले विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको हो । 


दिवसको अवसरमा पत्रकार महासंघ कञ्चनपुर शाखाले महेन्द्रनगर बजार क्षेत्रमा प्रभातफेरी गर्नुका साथै महाकाली अञ्चल अस्पतालका बिरामीलाई फलफुल विरतण गरेको छ भने रेडक्रस शाखा कञ्चनपुरमा रक्तदान  कार्यक्रम समेत गरेको महासघ कञ्चनपुर शाखाका सचिव अमर बहादुर चन्दले बताए । 

प्रभातफेरी पनि गरिएको कोण सभालाई सम्बोधन गदैँ अध्यक्ष विष्णु अवस्थीले पछिल्लो समयमा प्रेस स्वतन्त्रता हनन्का घटना बढ्दैँ गएको दुखः व्यक्त गरे । उनले संविधानमा प्रेस स्वन्त्रता ग्यारेन्टी गरे पनि समाचार लेखेकै भरमा पत्रकार दुव्र्यहारमा परिरहेको बताए । 

साथै अध्यक्ष अवस्थीले पत्रकारीताको धर्ममा रहेर व्यवसायिक पत्रकारीता लाग्नु पर्नेेमा जोड दिदैँ  प्रेस स्वतन्त्रताका रक्षाका लागि सरकारले समेत जिम्मेवार बन्नु पर्ने बताए ।

प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ कञ्चनपुरद्धारा आयोजित कार्यक्रममा शाखाका निर्वतमान अध्यक्ष लक्ष्मण तिवारी, न्यूनतम पारिश्रमीक निर्धारण समितिका पुर्व अध्यक्ष खेम भण्डारी, वरिष्ठ पत्रकार चित्राङ्क थापा, शाखा कञ्चनपुरका पुर्व अध्यक्ष हरी प्रशाद जोशी लगायत जिल्ला स्थित विभिन्न सञ्चार माध्यमसँग आवद्ध पत्रकारको उल्लेख्य सहभागीता रहेको थियो । 

कार्यक्रमको कोण सभा लाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कञ्चनप्र शाखाका अध्यक्ष बिष्णु अबस्थीले पत्रकार लाई समाचार लेखेको भरमा मुद्दा चलाउने र पत्रकार लाई दुख दिने काम भएको हुदा प्रेस माथी सरकारले यस्तो कार्यगर्नु नहुने बताउनुभयो । विश्व प्रेस स्वतन्त्रता दिवसको कार्यक्रममा कञ्चनपरका क्रियाशिल पत्रकार हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो