२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जमीनमुनी सुन र चाँदी भेटियो

२०७६, २० बैशाख शुक्रबार १६:१२

वैशाख २०, अछाम । साँफेबगर नगरपालिका–२ जाल्पादेवीको श्रीकोटमा जमीनमुनी सुन चाँदीका गहना फेला परेका छन् । श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा मजदूरले सुन र चाँदी भेटाएका हुन् । 

चारकोठे भवनको पिल्लरका लागि जग खन्ने क्रममा मजदूरले १९ तोला ८९ लाल अर्थात् २३१ दशमलब ६७ ग्राम सुन र १३२ तोला ७३ लाल अर्थात् एक हजार ५४८ ग्राम चाँदी फेला परेको प्रहरीले जनाएको छ । फेला पारेको सुनचाँदी जिल्ला प्रहरी कार्यालय पठाइएको जनाइएको छ । सुन र चाँदी भेटिएको स्थानमै मानिसको खुट्टा जस्तो देखिने पहेलो धातु पनि भेटिएको छ । 

सुन र चाँदी भेटाएका मजदूरबीच भागबण्डामा विवाद भएपछि कुरा बाहिर आएको साँफेबगर–२ का वडाध्यक्ष कालुसिंह कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “करीब एक हप्ता अगाडि नै फेला परेको सुन चाँदी हो, तर मजदूरबीच कुरा नमिल्दा हिजो मात्र बाहिर आएपछि थाहा भयो, अहिले प्रहरीको निगरानीमा भवनको जग खन्ने काम भइरहेको छ ।”

सो ठाउँबाट पुराना भगवान्का मूर्तिसमेत फेला परेका छन् । “पहिले राजाको बसोबास रहेको ठाउँ भएकाले पुराना सुनचाँदी भेटिएको हो” वडा अध्यक्ष कुँवरले भन्नुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त धातु फेला पार्ने सात मजदूरलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । सुन फेला पारेका र हाल प्रहरीको नियन्त्रणमा रहेकामा साँफेबगर–४ का हरिजन साउद, सोही ठाउँका मिन ठकुल्ला, कृष्ण ठकुल्ला, वडा नम्बर ५ का महेन्द्र बुढा, पिटर ठकुल्ला, कालु नेपाली र आशिश लामा प्रहरी नियन्त्रणमा छन् । 

जिल्ला प्रहरी कार्यालय अछामले भने जमीनमुनी फेला परेको उक्त धातुलाई सुन जस्तो धातु भनेको छ । विसं १४०९ मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उहाँको प्रभावलाई नष्ट पार्न र सिंजाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यस बेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीय बताउँछन् । पछि गएर स्थानीयले श्रीकोट भन्न थालेको उक्त स्थानमा परापूर्व कालका सुनचाँदीका धातुका गरगहना फेला परेको हुनसक्ने बताइएको छ । विसं १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने