२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जमीनमुनी सुन र चाँदी भेटियो

२० बैशाख २०७६, शुक्रबार १६:१२

वैशाख २०, अछाम । साँफेबगर नगरपालिका–२ जाल्पादेवीको श्रीकोटमा जमीनमुनी सुन चाँदीका गहना फेला परेका छन् । श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा मजदूरले सुन र चाँदी भेटाएका हुन् । 

चारकोठे भवनको पिल्लरका लागि जग खन्ने क्रममा मजदूरले १९ तोला ८९ लाल अर्थात् २३१ दशमलब ६७ ग्राम सुन र १३२ तोला ७३ लाल अर्थात् एक हजार ५४८ ग्राम चाँदी फेला परेको प्रहरीले जनाएको छ । फेला पारेको सुनचाँदी जिल्ला प्रहरी कार्यालय पठाइएको जनाइएको छ । सुन र चाँदी भेटिएको स्थानमै मानिसको खुट्टा जस्तो देखिने पहेलो धातु पनि भेटिएको छ । 

सुन र चाँदी भेटाएका मजदूरबीच भागबण्डामा विवाद भएपछि कुरा बाहिर आएको साँफेबगर–२ का वडाध्यक्ष कालुसिंह कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “करीब एक हप्ता अगाडि नै फेला परेको सुन चाँदी हो, तर मजदूरबीच कुरा नमिल्दा हिजो मात्र बाहिर आएपछि थाहा भयो, अहिले प्रहरीको निगरानीमा भवनको जग खन्ने काम भइरहेको छ ।”

सो ठाउँबाट पुराना भगवान्का मूर्तिसमेत फेला परेका छन् । “पहिले राजाको बसोबास रहेको ठाउँ भएकाले पुराना सुनचाँदी भेटिएको हो” वडा अध्यक्ष कुँवरले भन्नुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त धातु फेला पार्ने सात मजदूरलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । सुन फेला पारेका र हाल प्रहरीको नियन्त्रणमा रहेकामा साँफेबगर–४ का हरिजन साउद, सोही ठाउँका मिन ठकुल्ला, कृष्ण ठकुल्ला, वडा नम्बर ५ का महेन्द्र बुढा, पिटर ठकुल्ला, कालु नेपाली र आशिश लामा प्रहरी नियन्त्रणमा छन् । 

जिल्ला प्रहरी कार्यालय अछामले भने जमीनमुनी फेला परेको उक्त धातुलाई सुन जस्तो धातु भनेको छ । विसं १४०९ मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उहाँको प्रभावलाई नष्ट पार्न र सिंजाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यस बेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीय बताउँछन् । पछि गएर स्थानीयले श्रीकोट भन्न थालेको उक्त स्थानमा परापूर्व कालका सुनचाँदीका धातुका गरगहना फेला परेको हुनसक्ने बताइएको छ । विसं १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला