२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा भएकाे चुनावमा चार नेपाली वियजी

२०७६, २१ बैशाख शनिबार ०२:०३

 फाइल तस्विर

बैशाख २१, काठमाडाै । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ४ उम्मेदवार विजयी भएका छन् । स्थानीय अल्डरसट टाउन काउन्सिलमा प्रवेश केसी, मेडस्टोन काउन्सिलमा दिनेश खड्का, हेमल हेम्पस्टिडमा गोवर्द्धन (सागर) सिलवाल र कोलबर्न टाउनमा डा. जगन्नाथ शर्मा काउन्सिलर निर्वाचित भएका हुन् । बेलायतका विभिन्न क्षेत्रबाट काउन्सिलरको दौडमा रहेका नेपाली समुदायका अन्य उम्मेदवार भने पराजित भए ।


बेलायतमा धेरै नेपाली बस्दै आएको अल्डरसटमा केसी पहिलोपटक नेपाली समुदायबाट निर्वाचित भएका हुन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार केसी ३ सय २८ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लेबर पार्टीका उम्मेदवारले २ सय ८६ मत प्राप्त गरेका छन् । यसअघि लेबरले जित्दै आएको सो क्षेत्रको नतिजा उल्ट्याएर केसीले जितेका हुन् ।

लिबेरल डेमोर्क्याट पार्टीका उम्मेदवार खड्काले ८ सय ५२ मत प्राप्त गरेका छन् । उनका निकट प्रतिद्वन्द्वी लेबर पार्टीका उम्मेदवारले सय ४६ मत मात्रै पाएका छन् । खड्का निर्वा्चित क्षेत्र विगत लामो समयदेखि उनकै दल लिबेरल डेमोर्क्याटको पकड क्षेत्र हो ।

सिलवाल दोस्रो कार्यकालका लागि काउन्सिलरमा निर्वाचित बनेका छन् । ७ सय २४ मत प्राप्त गरेका उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा ४ सय बढी मत ल्याएका छन् । डा. जगन्नाथ शर्मा तेस्रो कार्यकालका लागि काउन्सिर निर्वातित भएका हुन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार शर्मा सो क्षेत्रमा निर्विरोध निर्वाचित भएका हुन् । याे समाचार अन्नपूर्णमा प्रकाशित छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी