२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

मेरुदण्डको घाइतेलाई सुरक्षित अस्पताल पुर्याउन सुझाव

२१ बैशाख २०७६, शनिबार ०५:३२

वैशाख २१, चितवन (रासस) | लडेर र दुर्घटनामा परेर मेरुदण्डमा चोटपटक लागेका घाइतेलाई सुरक्षित तवरबाट अस्पतालसम्म पुर्याउन सकेमा सफल उपचार गर्न सहज हुने विज्ञले बताएका छन् । 

मेरुदण्डका चिकित्सकको संस्था एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपाल र भरतपुर अस्पतालले शुक्रबार यहाँ आयोजना गरेको सुसुम्न नाडी (स्पाईनल कड) र चोटपटक एवं सङ्क्रमण विषयक एक दिवसीय सम–गोष्ठीमा सहभागी विज्ञले यस्तो जनाएका हुन् । 

स्पाइनल सर्जन अफ नेपालका अध्यक्ष प्रा डा रवीन्द्रलाल प्रधानले दुर्घटना हुँदा मेरुदण्डमा आंशिक असर पुगेका कतिपय घाइते अस्पतालसम्म पुग्दा पूर्णरुपमा क्षति भएको अवस्थामा पुग्ने गरेको पाइएको बताउनुभयो । आंशिक क्षति भएकालाई उपचारपछि पूर्ववत् अवस्थामा फर्काउन सकिन्छ भने पूर्णरुपमा क्षति भएकालाई फर्काउन कठिन हुन्छ । 

भरतपुर अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले घाइतेको शरीरलाई चलमल हुन नदिने गरी मुढोजस्तो बनाएर अस्पतालसम्म ल्याउनुपर्ने बताउनुभयो । कतिपय घाइतेको दुर्घटना भएलगत्तै खुट्टाका औँला चल्ने गरेको तर अस्पताल आएपछि नचल्ने गरेको पाइएको भन्दै उहाँले अस्पतालसम्म ल्याउँदा विशेष ख्याल गर्न आग्रह गर्नुभयो । पछिल्ला वर्षमा घाइतेलाई उद्धार गरेर अस्पतालसम्म कसरी पुर्याउने भन्ने विषयमा जनचेतना दिने काम भइरहेको पौडेलले बताउनुभयो । 

प्रा डा प्रधानले सम–गोष्ठीमा सहभागी चिकित्सकबीचमा सीपको आदानप्रदानसँगै उपचारका नयाँ पद्धतिको बारेमा एकापसमा ज्ञान आदानप्रदान गरिएको बताउनुभयो । विज्ञ चिकित्सकले मेरुदण्ड उपचार पद्धति एवं सङ्क्रमण भएको अवस्थामा गरिने उपचार र शल्यक्रियाका विषयमा फरक फरक कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो । 

उहाँका अनुसार देशभरमा हरेक वर्ष एक हजार हाराहारीको मेरुदण्डको शल्यक्रिया हुने गरेको तथ्याङ्क रहेको छ । शल्यक्रिया गर्न हँुदैन भन्ने भ्रम रहेको भन्दै उहाँले यसलाई चिरेर समयमा शल्यक्रिया गर्नसकेमा पूर्णरुपमा समस्या नभएकालाई पूर्ववत् अवस्थामा फर्काउन र पूर्ण क्षति भएकालाई सहजीकरण गराउन सकिने बताउनुभयो । प्रा डा पौडेलका अनुसार सम–गोष्ठीमा देशभरबाट ६० चिकित्सक सहभागी भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो