२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

मेरुदण्डको घाइतेलाई सुरक्षित अस्पताल पुर्याउन सुझाव

२०७६, २१ बैशाख शनिबार ०५:३२

वैशाख २१, चितवन (रासस) | लडेर र दुर्घटनामा परेर मेरुदण्डमा चोटपटक लागेका घाइतेलाई सुरक्षित तवरबाट अस्पतालसम्म पुर्याउन सकेमा सफल उपचार गर्न सहज हुने विज्ञले बताएका छन् । 

मेरुदण्डका चिकित्सकको संस्था एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपाल र भरतपुर अस्पतालले शुक्रबार यहाँ आयोजना गरेको सुसुम्न नाडी (स्पाईनल कड) र चोटपटक एवं सङ्क्रमण विषयक एक दिवसीय सम–गोष्ठीमा सहभागी विज्ञले यस्तो जनाएका हुन् । 

स्पाइनल सर्जन अफ नेपालका अध्यक्ष प्रा डा रवीन्द्रलाल प्रधानले दुर्घटना हुँदा मेरुदण्डमा आंशिक असर पुगेका कतिपय घाइते अस्पतालसम्म पुग्दा पूर्णरुपमा क्षति भएको अवस्थामा पुग्ने गरेको पाइएको बताउनुभयो । आंशिक क्षति भएकालाई उपचारपछि पूर्ववत् अवस्थामा फर्काउन सकिन्छ भने पूर्णरुपमा क्षति भएकालाई फर्काउन कठिन हुन्छ । 

भरतपुर अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले घाइतेको शरीरलाई चलमल हुन नदिने गरी मुढोजस्तो बनाएर अस्पतालसम्म ल्याउनुपर्ने बताउनुभयो । कतिपय घाइतेको दुर्घटना भएलगत्तै खुट्टाका औँला चल्ने गरेको तर अस्पताल आएपछि नचल्ने गरेको पाइएको भन्दै उहाँले अस्पतालसम्म ल्याउँदा विशेष ख्याल गर्न आग्रह गर्नुभयो । पछिल्ला वर्षमा घाइतेलाई उद्धार गरेर अस्पतालसम्म कसरी पुर्याउने भन्ने विषयमा जनचेतना दिने काम भइरहेको पौडेलले बताउनुभयो । 

प्रा डा प्रधानले सम–गोष्ठीमा सहभागी चिकित्सकबीचमा सीपको आदानप्रदानसँगै उपचारका नयाँ पद्धतिको बारेमा एकापसमा ज्ञान आदानप्रदान गरिएको बताउनुभयो । विज्ञ चिकित्सकले मेरुदण्ड उपचार पद्धति एवं सङ्क्रमण भएको अवस्थामा गरिने उपचार र शल्यक्रियाका विषयमा फरक फरक कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो । 

उहाँका अनुसार देशभरमा हरेक वर्ष एक हजार हाराहारीको मेरुदण्डको शल्यक्रिया हुने गरेको तथ्याङ्क रहेको छ । शल्यक्रिया गर्न हँुदैन भन्ने भ्रम रहेको भन्दै उहाँले यसलाई चिरेर समयमा शल्यक्रिया गर्नसकेमा पूर्णरुपमा समस्या नभएकालाई पूर्ववत् अवस्थामा फर्काउन र पूर्ण क्षति भएकालाई सहजीकरण गराउन सकिने बताउनुभयो । प्रा डा पौडेलका अनुसार सम–गोष्ठीमा देशभरबाट ६० चिकित्सक सहभागी भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी