२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

खोलामा विष र करेन्टले चेपाङ समुदाय मर्कामा

२०७६, २१ बैशाख शनिबार ०५:३६

हीरालाल गुरुङ | वैशाख २१, मुग्लिन (रासस) | कुनै बेला आफ्नै घर अगाडि रहेको रिग्दीखोलामा माछा मारेरै जीविका चलाउँदै आउनुभएका चितवनको इच्छाकामना गाउँपालिका–२ का मनबहादुर चेपाङको आज भोलि घरमा बास छैन । 

घरपरिवार पाल्नकै लागि मजदूरी गर्न देशका विभिन्न जिल्लामा जानुपर्ने बाध्यता छ । कारण हो आज भोलि खोलामा माछानै पाइन छाड्यो । दिनभर दुवाली र जालले मारेको माछाले उहाँको परिवारको खर्च टर्ने गथ्र्यो । उहाँले हप्ताभरि माछा मारेर सुकुटी बनाएर बजारमा बेच्न लैजाने र त्यसैबाट आवश्यक खाद्यान्नलगायत अन्य सामग्री किनेर ल्याउने गर्नुहुन्थ्यो । तर, केही वर्षयता विष र करेन्ट प्रयोग गर्न थालेपछि मन बहादुरको रोजीरोटी खोसियो । उहाँले भन्नुभयो, “पछिल्लो  केही वर्षयता यो खोलामा माछा पाइन छाड्यो, करेन्ट र विषले माछा मासियो, खेतीपाती गर्न प्रशस्त जमीन छैन, अहिले विभिन्न जिल्लामा मजदूरी गर्न जान बाध्य छु ।” 

यस्तै नरबहादुर चेपाङले पनि खोलामा विष र करेन्टले माछा मासिँदा आफूहरु मर्कामा परेको बताउनुभयो । जाल, दुवाँली र ढडीयाबाट मारेको माछा स्वादिष्ट हुनुका साथै  खोलामा  माछा नमासिने  उहाँको भनाइ छ । खोलामा विष हाल्न र करेन्ट  लगाउन रोक  लगाउनु  पर्ने उहाँको माग  छ ।  खोलामा विष हाल्ने र करेन्ट लगाउनेजस्ता कार्य गर्दा पनि स्थानीय जनप्रतिनिधिले बेवास्ता  गरेको गुनासो उहाँहरुको छ ।  

स्वादिष्ट रिग्दीको असला माछा, पाहुनालाई सत्कार 

मुग्लिनका रोहिणी त्रिपाठीका अनुसार रिग्दीखोलाको असला माछा राजदबारसमेत पुग्ने गथ्र्यो । यहाँको माछा स्वादिष्ट रहेका कारण अत्याधिक माग हुन्थ्यो । मुग्लिन बजार र नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका  होटलमा  रिग्दीखोलाको माछा प्रख्यात थियो । आज भोलि रिग्दीको माछा पाइन छाडेको धेरै भयो । 

त्रिपाठीका आनुसार चितवनको इच्छाकामना गाउँपालिकाको पहाडी भेग हुँदै बगेको यस खोलाको माछा पाहुनाको सत्कारका  लागि पनि  प्रयोग हुने गर्छन् । सो गाउँपालिकाअन्तर्गत साविकको गाविस चण्डीभञ्ज्याङ, दाहाखानी र काउलेका समुदायले घरमा पाहुना आउँदा मासुको सट्टा माछाको परिकार खुवाउने गर्छन् । टाढा–टाढा रहेका आफन्तलाई कोसेलीसमेत पठाउने गर्छन् ।  

काउले मुहान रहेको रिग्दीखोला नारायणगढ –मुग्लिन सडकखण्डअन्तर्गत सिमल तालमा पुगेर त्रिशूली नदीमा मिसिएको छ । चितवनको उच्च भागबाट बगेको रिग्दीखोलाको चिसो पानीमा पाइने असला माछा स्वादिष्ट हुन्छ ।

रिग्दी खोलाको माछा विष र करेन्टले मासिँदा खोला आसपास माछा मारेर जीविकोपार्जन गर्ने चेपाङ समुदाय मर्कामा परेको उहाँले बताउनुभयो । रिग्दी खोलाको संरक्षण गर्नसके पाखो बारीमा उब्जाएको कोदो मकैले छ महीना पनि खान मुस्किल पर्ने चेपाङ समुदायलाई जीविकोपार्जन गर्ने सहज हुने उहाँको  भनाइ थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी