2026-09-01 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सन्तानले नहेरेका आमाको औँशी

नारायण अधिकारी | वैशाख २१, चितवन (रासस) | आज मातातीर्थ औँशी । बिहानैदेखि जन्मदिने र कर्म दिने आमा भेट्नका लागि सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । यही भीडलाई छिचोल्दै पवित्र तीर्थस्थल देवघाट पुग्दा त्यहाँ आश्रित आमाहरु भने सडकतिर हेरेर टोलाइरहनुभएको देखिन्थ्यो । 

देवघाट समाज कल्याण आश्रममा पुग्दा त्यहाँ आश्रित आमाहरु बाटोतिर हेरेर आफ्ना सन्तानको खोजी गरिरहेको महसुस हुन्थ्यो । ती आमाहरुका लागि खान र बस्न कुनै समस्या भने छैन । आफ्ना सन्तान भएर पनि नभएर पनि आश्रित हुन पुगेका आमा यस्ता चाडपर्वमा निकै नरमाइलो मान्ने गर्दछन् । 

आश्रम हेर्दै आउनुभएका देवघाट क्षेत्र विकास समितिका कर्मचारी ढकराज कोइराला चाडपर्वका बेला बाआमा दुवैले सन्तानको सम्झनामा निकै नरमाइलो महसुस गर्ने गरेको बताउनुहुन्छ । पर्वका बेला दाताले फलफूल र मीठा मीठा खाना बोकेर आउने भए पनि वृद्धवृद्धाले आफन्तको सम्झनामा मुख निन्याउरो गरेको पाइन्छ । 

त्यहाँ रहेका कतिपयको सन्तान भएर पनि बेवास्ता गर्दा आश्रमसम्म आइपुगेका छन् भने कतिपयका आफ्ना सन्तान छैनन् । सन्तान भएका वृद्धा घरबाट आमाको मुख हेर्न आउँछन्की भन्ने ठूलो आशामा रहेका हुन्छन् तर कोही नआएपछि उनीहरु निराश हुने गरेको कोइराला बताउनुहुन्छ । 

त्यहाँ आश्रित भरतपुर महानगरपालिका–११ घर भएकी ८३ वर्षीया शिवकुमारी शर्माले आफ्नो वेदना गीतको भाकामा सुनाउनुभयो ।

‘सेरोफेरो केही छैन मेरो 

जता हेर्यो उतै छ अधेरो’

शर्मा तनहुँको देवघाटमा रहेको देवघाट समाज कल्याण वृद्धाश्रममा विगत पाँच वर्षदेखि बसोवास गर्दै आउनुभएको छ । आज मातातीर्थ औँशी (आमाको मुख हेर्ने दिन) शहर बजारमा सबैका घरघरमा छोराछोरीले आमालाई मीठो मसिनो खुवाएर खुशीका साथ राखी रहेका छन् तर देवघाटमा रहेका आफूजस्ता वृद्धालाई के चाडपर्व के मीठो मसिनो उहाँले प्रश्न गर्नुभयो । “ यहाँ हामीलाई संधै 11:31 AM 5/4/2019एकैनास हुने गरेको छ ”, उहाँले आफ्नो पीडा सुनाउनुभयो ।   

छोरा बुहारीसहित भरतपुर महानगरपालिका–११ मा बस्दै आउनुभएकी शर्माको एउटा छोरा काठमाडौँमा बस्नुहुन्छ । जेठो छोरासँग भरतपुरमा बस्दै आउनुभएकी शर्मा  आज त छोरो आउँछ कि भन्ने आशमा बाटोतिर हेर्दै हुनुहुन्थ्यो । 

लमजुङ घर भएकी कृष्णमाया अधिकारीका आँखा छोरी लिन आउँछे कि भन्दै सडकतिर दौडिरहेका थिए । भरतपुर महानगरपालिका–७ मा उहाँकी छोरी बसोबास गर्नुहुँदोरहेछ । श्रीमान्ले अर्की श्रीमती ल्याएसँगै उहाँ एक्लो हुनुभयो । छोरीको बिहे गरेपछि काम गर्न नसकेर यहाँ आएको बताउने अधिकारी ११ वर्षदेखि यही आश्रममा बस्दै आउनुभएको छ । छोरीमात्रै भएकाले आउँछे कि भन्ने आशमा उहाँ बाटोतिर हेर्दै हुनुहुन्थ्यो । चाडपर्वको समयमा भेट्न आए पनि आफ्नो अत्यार मेटिने उहाँले बताउनुभयो । 

सिन्धुलीकी लक्ष्मीमायाँ श्रेष्ठलाई भने छोराले यहाँ छ भन्ने थाहा नपाए हुन्थ्यो भन्ने भइरहेको रहेछ । घरमा सम्मानसाथ बस्ने वातावरण नभएपछि आश्रय खोज्दै यहाँ आई पुग्नुभएकी श्रेष्ठले मलिन अनुहार बनाउँदै यहाँ छु भन्ने थाहा पाए भने यहाँ पनि बस्न दिँदैनन् कि भन्दै हुनुहुन्थ्यो । ८५ वर्षीया श्रेष्ठ अहिले आनन्द भए पनि चाडपर्वमा छोराछोरी र घरपरिवारको याद आइरहने बताउनुहुन्छ । 

पर्वत कार्किनेटाकी जानकी पौडेल आफ्नो सन्तान नभएकाले दुःख पाएको बताउँदै आफ्नो भाग्यमा नभएपछि चाडपर्व खल्लो हुने बताउनुभयो । आफ्नो कोख बाँझै रह्यो उहाँले भन्नुभयो, “मातातीर्थ औँशी मेरा लागि कहिल्यै आउँदैन ।” “सन्तान हुनेले त आश्रममा बस्नुपरेको छ हाम्रो त झन कोही छैन”, उहाँले गुनासो गर्नुभयो । सबैका घरमा रमाइलोका साथ बसेका बाबुआमा देख्दा आफूलाई धिक्करा लाग्ने भन्दै उहाँले चाडपर्व आउनुभन्दा नआएकै वेसजस्तो हुने बताउनुभयो । 

एक सय तीन वर्षीया उमादेवी खनाल काठमाडौँमा काम गर्न नसके पछि यही आश्रममा आश्रित हुनुहुन्छ । सात वर्षको उमेरमा विवाह भएको पहिलो वर्षमानै श्रीमान् बितेसँगै उहाँको जीवन बेवारिसे बन्यो । विगत नकोट्याउन आग्रह गर्दै उहाँले यस्ता पर्वमा मन खुशी नहुने बताउनुभयो ।

अहिले देवघाट क्षेत्र विकास समितिको कार्य क्षेत्रभित्र तीन वटा आश्रम रहेका छन् । जहाँ १२० भन्दा बढी वृद्धवृद्धा बस्दै आएका छन् । तीमध्ये ६० प्रतिशत वृद्धा रहेको क्षेत्र विकास समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला