2026-10-04 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुखले किचेर एक किशोरीको मृत्यु

  वैशाख २१, सोलुखुम्बु । थुलुङदूधकोशी गाउँपालिका–४ जुवुमा रुखले किचेर आज एक किशोरीको मृत्यु भएको छ । 

थुलुङदूधकोशी गाउँपालिका–४ जुवुका काशीराज राईकी १८ वर्षीया छोरी सुष्मा राईको दाउरा टिप्ने क्रममा रुखले किचेर मृत्यु भएको हो । दाउरा टिप्न गएको समयमा वडाको राम्चे भन्ने स्थानमा रुख लडेर किच्चा गम्भीर घाइते भएकी राईको घटनास्थलबाट उपचारका लागि लैजाँदै गर्दा भ¥याङखोला दोभानमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दिउँसो १ः३० बजे रुख लडेर उनलाई किचेको थियो । हेलिकप्टर आउने ठाउँ भ¥याङखोलातर्फ लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । 

हवाई सेवा प्रभावित हुँदा यात्रु अलपत्र 

मौसम प्रतिकुल हुँदा आज सोलुखुम्बुमा रहेको दुई वटै विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ ।

शुक्रबारदेखि मौसममा आएको खराबीले हवाई सेवा प्रभावित भएको विमानस्थलले जनाएको छ । आज बिहानको समयमा केही उडान भएको भए पनि बिहान १० बजेपछि कुनै उडान तथा अवतरण हुन नसकेको तेन्जिङहिलारी विमास्थल लुक्लाले जनाएको छ ।

 बिहान १० बजेसम्म २६ वटा उडान भएको लुक्ला विमानस्थलका इञ्चार्ज इमानाथ अधिकारीले जानकारी दिनुभयो ।     यस्तै सदरमुकाम नजिकै रहेको फाप्लु विमानस्थलमा पनि आज तीन वटा हेलिकप्टरले बिहानको समयमा उडान भरेका छन् । आज सात वटा उडान तालिका भए पनि मौसम खराबीका कारण उडान नभएको नागरिक उडड्यन तथा प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर