२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

तीनसय बढी महिलाको पाठेघर उपचार

२२ बैशाख २०७६, आईतवार ०४:४७

वैशाख २२, लम्की (रासस) | कैलालीको जानकी गाउँपालिकाको गौलौरीमा शनिबार आयोजित निःशुल्क पाठेघर जाँच शिविरमा ३४२ ले सेवा लिएका छन् । सेवा लिएकामध्ये तीनको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, पाँचको पाठेघरमा रिङ राख्नुपर्ने, पाँचको बाझोपन, २३ अविवाहित महिलामा महीनावारीको गढबढी देखिएकाले थप उपचारका लागि नेपालगञ्ज सिफारिश गरिएको छ । यी महिलाको निःशुल्क उपचारको व्यवस्थासमेत गरिएको मुनुवा स्वास्थ्यचौकीका प्रमुख बिर्ख विष्टले जानकारी दिनुभयो ।

शिविरमा सेवा लिन आएकामध्ये एकको पिसाबथैलीमा बढी समस्या र अर्का एकको क्यान्सरको लक्षण देखिएकाले उनीहरुलाई पनि नेपालगञ्ज सिफारिसश गरिएको छ ।

“शिविरमा सेवा लिन आएका करीब ८० प्रतिशत महिलामा प्रजनन अङ्गमा सङ्क्रमण देखिएको छ । शिविरमा ६५ को भिडियो एक्सरे गरिएको छ ।” मुनुवा स्वास्थ्यचौकीका प्रमुख विष्टले भन्नुभयो, “ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा पाएपछि गाउँका महिला खुशी भएका छन् । 

लामो समयदेखि उपचार सेवा लिन नसकेका महिलाले समेत उपचार गरेका छन् ।” पाठेघर खसेकी ७१ वर्षीया एक महिलाले गाउँमै चिकित्सक आएपछि उपचारमा आएको बताउनुभयो ।  उहाँले नेपालगञ्जमा शल्यक्रिया गरेमा सञ्चो हुने बताएकाले खुशी भएको बताउनुभयो ।

शिविरमा नेपालगञ्ज भेरी अस्पतालमा कार्यरत डा अस्मिता गौतम, कोहलपुर मेडिकल कलेजमा कार्यरत डा बविता शाह र डा रामकुमार दास र टीकापुर अस्पतालमा कार्यरत डा अमित प्रजापतिलगायतको टोलीले सेवा दिएको थियो ।

डा अस्मिता गौतमले अहिले पनि महिलाले रोग लुकाएर बस्ने गरेको बताउनुभयो । “महिलामा थुप्रै स्वास्थ्य समस्या छ, लुकाएर वर्षौसम्म पीडा सहेर बसेका छन् ।” उहाँले भन्नुभयो, “शिविरमा कहिल्यै उपचारमा नगएका महिला पनि आए । धेरै महिलामा यौन तथा प्रजनन समस्या छ । यस्ता समस्या उपचार गरेमा निको हुन्छ भन्ने जानकारी नरहेको पाइयो ।”

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपमकुमार चौधरीले घर सुन्दर बनाउनका लागि महिला स्वस्थ हुन आवश्यक रहेकाले गाउँपालिकाले स्वास्थ्य शिविरका लागि सहयोग गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य