२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गीताले मानिसलाई कर्तव्य सिकाउन खोजेको छ : अध्यक्ष दाहाल

२०७६, २३ बैशाख सोमबार १६:१९

वैशाख २३, काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका लागि जरुरी परेको खण्डमा आफू सबै कुरा त्याग गरेर गौतमबुद्ध जसरी नै हिँड्न सक्ने बताउनुभएको छ । 

पं नारायणप्रसाद पोखरेल प्रतिष्ठानले आजदेखि सीतापाइलामा आयोजना गरेको ऐतिहासिक गीताज्ञान महाअनुष्ठानको उद्घाटन गर्दै उहाँले आफूले बाँकी जीवन मुलुकको समृद्धि र शान्तिलाई सुदृढ गर्नका निम्ति खर्च गर्र्ने बताउँदै भन्नुभयो, “मैले जङ्गल जान्छु भनेर फेरि लडाइँ र हिंसामा जान्छु भनेको होइन, देश र जनताका लागि जरुरी प¥यो भने म सबै चिज त्याग गरेर हिँड्न तयार छु । फेरि पनि त्याग गर्न मलाई केही चाहिएको छैन, मलाई सम्पत्ति, घर, गाडी चाहिएको छैन मात्र भनेको हो ।”

 पूर्वप्रधानमन्त्री दाहालले  यहाँ  धेरै चिन्तक, ठूलाठूला चिन्तन र दर्शन पैदा भएको बताउँदै पौराणिक कालमा महादेव, पार्वती, सीतालगायत महामानवले गरेको चिन्तन, तपस्या सिङ्गो मानव जातिका निम्ति प्रेरणाका रुपमा रहेको उल्लेख गर्नुभयो ।  मानव समाज आधुनिकतातर्फ जाँदै गर्दा दर्शनमा वैज्ञानिकता दिने  गौतमबुद्धको जन्मस्थलका रुपमा नेपाल रहेको उल्लेख गर्दै उहाँले कम्युनिष्टले मान्दै आएको भौतिकवादी द्वन्द्ववादका प्रवत्र्तकका रुपमा गौतमबुद्धले जीवन र जगत्लाई आध्यात्मिक र भौतिक ढङ्गले हेर्ने कोशिश गरेको बताउनुभयो । 

गीता ज्ञान कुनै धार्मिक आस्थासँग सम्बन्धित नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले जीवनलाई कर्तव्यतर्फ डोहो¥याउने र कर्ममार्फत मानव जातिलाई गतिशील बनाउने सारका रुपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गीताले मानिसलाई कर्तव्य सिकाउन खोजेको छ । पूर्वीय दर्शनमा गीताको ज्ञान आध्यात्मिकताको उच्चतम् अभिव्यक्ति हो । हामी सबैका निम्ति यस ऐतिहासिक विरासतका रुपमा रहेको सम्पत्ति हो । यसलाई हाम्रो समाज र देशको उन्नतिका निम्ति सदुपयोग गर्न सक्नुपर्दछ ।”

नारायण आध्यात्मिक केन्द्रको निर्माणाधीन कार्य सम्पन्न गर्न तथा मानिसलाई गीताको तार्किक, व्यावहारिक, वैज्ञानिक तथा समसामयिक व्याख्या गरी सबैलाई आध्यात्मिक भाव जगाउन अनुष्ठान शुरु गरिएको हो । अनुष्ठानमा दैनिक वेदपाठ, रुद्राभिषेक, श्रीमद्भागवत पाठपारायण, तुलादान, भूमिदान, व्रतबन्ध, विवाह, चौरासी पूजा, ग्रहशान्ति, लक्ष्यदीप प्रज्वलन, हवन, एक हजार अठ शालिग्राम पूजा तथा परिक्रमा हुनेछन् । अनुष्ठान यही वैशाख ३० गतेसम्म चल्नेछ ।  अनुष्ठानमा पं दीनबन्धु पोखरेलले श्रीमद्भागवत गीताको वैज्ञानिक र व्यावहारिक पक्षको व्याख्या गर्नुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो