२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

हिरासतभित्र युवक झुण्डिएपछि अवस्था तनावग्रस्त

२७ बैशाख २०७६, शुक्रबार ०२:५२

 वैशाख २७, भरतपुर । इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ ।

कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैँले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनापछि गम्भीर घाइते भएका घिसिङलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घिसिङको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयवासीले कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । सो क्रममा प्रहरीले पाँच÷सात राउण्ड हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

प्रहरीले बल प्रयोग गरी राजमार्ग सञ्चालनमा ल्याएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले १५ भन्दा बढीलाई नियन्त्रणमा लिएको छ । घिसिङ वैशाख २५ गते चोरी अभियोगमा पक्राउ परेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो