2026-09-01 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कतारको जेलमा थुनिएका छोरालाई नेपाल फर्काइदिन बाबुआमाको आग्रह (भिडियो)

बैशाख २७, काठमाडौं | विगत साढे २ वर्षदेखी कतारको ओग्रा जेलमा रहेका चितवन भरतपुर स्थायि घर भएका विनोद रानालाई बचाउँदै नेपाल फर्काउन परिवारजनले अपिल गरेका छन् ।

विनोदका बाबुले रोजगारीको सिलसिलामा कतार पुगेका कम्पनिमा काम गर्दा गर्दै डिुयुटीबाट फर्किएका बेला सुनियोजित रुपमा हत्याको आरोपमा जेलमा राखिएको बताए ।

हाल कतारको २ लाख ६० हजार ब्लड मनिको रुपमा माग गरेको भन्दै बाबुले आफ्नो हैसियत भन्दा बाहिर रहेको हुदाँ सबैले छोरा नेपाल फर्काउन सहयोगको अपिल गरे । 

ब्लड मनि पुरा गर्न नसके जुनसुकै एक्सन हुन सक्ने भन्ने खबर आएको आफन्तहरुले बताए । 

नाभाटको उद्धारका लागी बिनोद रानाभाट रिहाइ तथा उद्धार समिति गठन गरिसकिएको छ । त्यसैगरि सहयोग गर्न चाहने ईच्छुकले कृषि विकास बैंक लि. माडीमा रहेको विनोद रानाभाट रिहाई तथा उद्धार समितीको खाता नं. ०५०८८०१३३७०९४०१३ मा रकम जम्मा गरि सहयोग गर्न सक्ने बिनोद रानाभाटका बुवा ढाकामोहन रानाभाटले जानकारी दिनुभयो । सहयोग गर्न ईच्छुकहरुले नेपाल भरिको कृषि विकास बैंक लि.बाट रकम जम्मा गर्न सक्नेछन् । त्यसैगरि सहयोगका लागी मोबाईल नं. ९८४५२०१४४२, ९८४५३४५१३४ तथा ९८४५३६८९७० मा पनि सम्पर्क गर्न सकिने समितीले जनाएको छ ।

रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा आफ्नो ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारतकै अर्का कामदारको मृत्यु हुन पुगेको थियो । कतारस्थित अल ग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहनुभएका उहाँलाई घटना लगत्तै कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्धा चलाएको थियो । मुद्धाको फैसला अनुसार रानाभाटले ५ महिना भित्र भारतीय कामदारको परिवारलाई ब्लड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने पारिवारिक श्रोतले जनाएको छ  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला