२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

लोकसञ्चार मार्ग : नुवाकोट–हेटौडा वैकल्पिक सडकको अन्योल हट्यो

२७ बैशाख २०७६, शुक्रबार १६:११

वैशाख २७ काठमाडौँ । विगतमा प्रदेशमा गएको लोकसञ्चार मार्ग (जिलिङ्ग सिमखेत—केउरिनी–कुमरी झ्याङ्लीपोखरी, आचार्य पोखरी–धार्के–नुवाकोट धादिङ) सडक केन्द्र सरकारले नै कार्यान्वयन गर्ने भएको छ । उक्त सडक दुई लेनमा विस्तार गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भए पनि चालू आव २०७५/७६ मा भौतिक मन्त्रालयको बजेट शीर्षक नं ३३७–३३५ प्रदेशमा हस्तान्तरण गर्ने निर्णयसँगै प्रदेशमा गएको थियो ।

दुई लेनमा विस्तार हुने उक्त सडक प्रदेशमा गए पनि तत्काल कार्यान्वयन गर्न जनशक्तिलगायत समस्या भएको भन्दै पूर्वाधार विकास कार्यालय नुवाकोटले गत फागुन १३ गते ३ नं प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडामा पत्राचार गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत चैत १० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडालाई उक्त सडक सङ्घीय सरकारबाट कार्यान्वयन गर्ने निर्णय गर्दै पत्राचार गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत ११ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गर्दै उक्त सडक केन्द्र सरकारले कार्यान्वयन गर्नका लागि पठाएको थियो ।

भौतिक मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिएर यही  वैशाख ६ गते उक्त सडक केन्द्र सरकारले नै कार्यान्वयन गर्ने गरी निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव  पठाएको थियो । यही वैशाख २३ गतेको मन्त्रिपरिषद् बैठक सो सडकलाई केन्द्र मातहत ल्याएर कार्यान्वयन गर्ने निर्णय गरेको बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

सो सडक गल्छी–रसुवागढी सडकको जिलिङबाट धादिङको धार्केमा जोडिनेछ । उक्त सडकले त्रिभुवन राजपथलाई सिधै रसुगाढी जोड्न लिङ्क सडकका रुपमा काम गर्नेछ भने यसले नुवाकोटको बेलकोटगढी नगरपालिका, धादिङको धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिकालाई प्रत्यक्ष फाइदा पु¥याउने छ । रसुवा, नुवाकोट तथा धादिङको पूर्वी भेगका बासिन्दालाई हेटाँैडा जान उक्त सडकले सहजता प्रदान गर्नेछ । रसुवागढीबाट हेटौँडा जोड्न वैकल्पिक मार्गका रुपमा हेरिएको उक्त लोकसञ्चार मार्गको काम प्रदेशमा गएपछि रोकिएको थियो । केन्द्रमा फिर्ता भएसँगै काम सञ्चालन हुने सडक डिभिजन नुवाकोटका प्रमुख निरज शाक्यले जानकारी दिनुभयो ।

सो सडक दुई लेनमा विस्तार गर्ने गरी सडक विभागले डिपिआर पूरा गरेको छ । सो सडक डिपिआरअनुसार नै निर्माण गरी पाऊँ भनेर निवेदन परेपछि पूर्वाधार विकास कार्यालयले प्रदेश मन्त्रालयसँग सोधेको थियो । कार्यान्वयनमा तत्काल जनशक्ति अभाव भएपछि प्रदेश मन्त्रालयले फिर्ता गर्ने निर्णय लिएको थियो ।

उक्त लोकसञ्चार मार्गको पहिलो दश किलोमिटरको निर्माण कार्य जिलिङबाट शुरु गरिए पनि गत कात्तिकबाट रोकिएको थियो । मन्त्रिपरिषद्को निर्णयका कारण तत्काल काम थालिने प्रमुख शाक्यले बताए । ४० किलोमिटर लामो उक्त सडक निर्माण पूरा हुन झण्डै रु दुई अर्ब रुपैयाँ लाग्ने डिपिआरमा उल्लेख छ । जिलिङको सिमखेत केउरिनी–कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धार्के बजारमा पृथ्वीराजमार्गमा जोडिने उक्त सडक तीन खण्डमा निर्माण हुनेछ । सडक कार्यालयका अनुसार पहिलो खण्ड जिलिङको सिमखेत बालुवाखानीदेखि केउरिनीसम्म हुनेछ । दोस्रो खण्डको काम केउरिनीदेखि धार्केसम्म हुनेछ ।

राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित वार्षिक विकास कार्यक्रममा आव २०७३÷७४ देखि समावेश भएको उक्त आयोजना सम्भावित रणनीतिक सडक शीर्षकमा समावेश थियो । लोकसञ्चार मार्गको पहिलो चरणको कालोपत्रमा स्तरोन्नति गर्ने काम स्वच्छन्द÷वल्र्डवाइड÷अमृत जेभी नामको काठमाडौँमा दर्ता भएका तीन ठेकेदार कम्पनीले गरिरहेका छन् । अर्थ मन्त्रालयले पहिलो खण्डलाई रु ५० करोड ८५ लाखको काम बहुवर्षीय ठेक्काबाट गर्न २०७३ साल मङ्सिर २७ गते सहमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान