२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराए

२०७६, २८ बैशाख शनिबार ०५:१७

वैशाख २८, लमजुङ । नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै २०७६ वैशाख २७ गतेसम्म जिल्ला अदालतमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेको जिल्ला अदालत लमजुङले जनाएको छ ।

विगतमा महिलाले सम्बन्धविच्छेद गर्दै आए पनि नयाँ कानूनसँगै महिलाजस्तै पुरुषलाई सहज भएपछि पछिल्लो समय जिल्लामा पुरुषद्वारा सम्बन्धविच्छेद गर्नेक्रम बढ्दै गएको छ । मुद्दामध्ये ४२ पुरुष दर्ता गरेका छन् । ४२ मध्ये १२ सम्बन्धविच्छेद भइसकेको र ३० मुद्दा बाँकी रहेको श्रेस्तेदार शाखा अधिकृत जगतबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, पुरुषद्वारा सम्बन्धविच्छेदको मुद्दा देवानी लागू हुनुअघि एक÷दुई पुरुषको आउने गरेकामा नयाँ कानूनसँगै पुरुषले पनि महिलाले जस्तै गरी सम्बन्धविच्छेदको मुद्दा दिन थालेका छन् । त्यस्तै देवानी संहिता ऐन, २०७४ लागू भएपछि वैशाख २७ गतेसम्म महिलाले १०३ सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका छन् । सोमध्ये ७८ सम्बन्धविच्छेदका मुद्दा फछ्र्यौट भई मिलापत्र गरिएको र २५  बाँकी रहेको श्रेस्तेदार शाखा अधिकृत भण्डारीले बताउनुभयो ।

 महिला र पुरुष गरी १४५ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ५५ मुद्दाको छिनोफानो हुन बाँकी छ । 

बालविवाह, बहुविवाह, वैदेशिक रोजगार, आधुनिक जीवनशैलीको नक्कल, इन्टरनेटको बढ्दो प्रयोग, देखावटीजस्ता कारणले सम्बन्धपिवछेदका घटना बढ्दै गएको जिल्ला अदालतले जनाएको छ । 

विसं २०७२/७३ मा सम्बन्धविच्छेदका मुद्दा ११६ परेको थियो । त्यस्तै २०७३÷७४ मा १०८, २०७४÷७५ मा १५१ र २०७५÷७६ को नयाँ कानून लागू नभएको मितिसम्म १९ महिलाद्वारा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत लमजुङले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ