2026-09-19 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आगलागीमा दुई घर जल्यो, ९ लाख बढीको क्षति

वैशाख ३०, खोटाङ  । आगलागीमा दुई घर जल्दा खोटाङमा रु नौ लाख ५० हजार बढीको क्षति भएको छ । ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुवास परियार र नरबहादुर परियारको घर जलेको हो । 

आइतबार भएको आगलागीमा सुवासको रु छ लाख ८५ हजार र नरबहादुरको रु दुई लाख ६९ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिनुभयो । आगलागीमा घर तथा घरमा रहेका धनमाल जलेर नष्ट भएपछि दुई दलित परिवारको विचल्ली भएको छ । 

आगो नरबहादुरको घरदेखि शुरु भए पनि कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । अचानक लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । आगलागीपीडित दलित परिवार अहिले छिमेकीको आश्रयमा बसिरहेका छन् । उनीहरुलाई छिमेकीले खाना तथा बासको व्यवस्था मिलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई