2026-07-25 12:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

एक सय वर्षमा प्रवेश गर्नुभएका जोशीलाई राष्ट्रपतिबाट शुभकामना

सुभानु आचार्य | वैशाख  ३०, ललितपुर | राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशतवार्षिकीका उपलक्ष्यमा उहाँलाई शुभकामना दिनुभएको छ ।  राष्ट्रपतिका भाषा तथा संस्कृतिविद् माधव शर्माले जोशी एक सय वर्षमा प्रवेश गर्नुभएका उपलक्ष्यमा राष्ट्रपतिले उहाँको दीर्घायु तथा सुस्वास्थ्यको कामना  गर्दैे खुशी व्यक्त गरेको अभिनन्दनपत्र हस्तान्तरण गर्नुभयो ।  

पत्रमा भनिएको छ, “तपाईँले विगत आठ दशकभन्दा बढी समयदेखि नेपाली वाङ्मयको उन्नयनमा सतत क्रियाशील रहँदै लोकसंस्कृति र साहित्यको अध्ययन अनुसन्धानमा सम्पूर्ण जीवन समर्पित गर्नुभएको छ । तपाईँको सुदीर्घ ज्ञानसाधनाले नेपाली साहित्य तथा सांस्कृतिक भण्डारलाई समृद्ध तुल्याएको छ । तपार्इँले हामीलाई मित्रराष्ट्र चीनसँग जोड्ने नेपाली कलाकार विभूति अरनिको खोज गरेर गुन लगाउनुभएको छ । त्यसैगरी हाम्रो कर्णाली सभ्यता र नेपालीभाषाको उद्गम थलो सिंजाको महत्व उजागर गरेर हाम्रो ज्ञान भण्डारलाई धनी तुल्याउनुभएको छ । नेपालभाषा साहित्यको श्रीवृद्धिमा तपाईँको उल्लेखनीय देन रहिआएको छ । तपार्इँजस्ता दीर्घसेवी व्यक्तित्व सय वर्ष प्रवेश गर्नुभएको उपलक्ष्यमा दीर्घायु तथा सुस्वास्थ्यको मङ्गलमय कामना गर्न पाउँदा म हर्षित छु ।”                                                 

राष्ट्रपतिले पठाएको सगुन र दोसल्ला पनि जोशीले ग्रहण गर्नुभयो ।  जोशीले आफूले जीवनमा यस्तो सौभाग्य कहिल्यै पाउँछु होला भनेर नसोचेको बताउनुभयो । “मलाई थप बाँच्ने ऊर्जा बढेको छ”, जोशीले भन्नुभयो, “आज म अन्य दिनभन्दा निकै खुशी भएको छु ।” 

जोशीलाई शुभकामना दिन सहभागी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महान् व्यक्तिलाई जीवित छँदै सम्मान गर्नुपर्ने बताउनुभयो । “उहाँको आयु थप्न सम्मान गरेका हौँ”, महर्जनले भन्नुभयो ।” लमपा– १२ का वडाध्यक्ष नारायणलाल अवालले नेवार समुदायमा ९९ वर्ष नौ महिना नौ पल नौ दिनमा जंकु गर्ने चलन रहने पनि जोशी समुदायले जंकु नगर्ने हुँदा जोशीको एक सय वर्ष जन्मजयन्तीको अवसर पारी सम्मान गरिएको बताउनुभयो । 

अवालेअनुसार महानगरपालिकाले जोशीको सम्मानमा १५१ जनाको मूल समारोह समिति गठन गरेको छ । ज्यापू समाजका ४० र बौद्ध विहारका १८ जनासहितको टोलीले बाजागाजासहित आज  महानगर परिक्रमा गर्ने भएका छन् । 

योगी नरहरिनाथ ट्रष्टका अध्यक्ष शङ्कर पौडेलले जोशीले नेपाली कला र परम्पराको सम्मान गर्दै नेपालाई अन्य मुलुकमा चिनाउन सफल भएकाले उहाँको कदरस्वरुप संस्थाले अभिनन्दनपत्र प्रदान गरेको जानकारी दिनुभयो ।  बौद्धधर्म संस्कृति संरक्षण सङ्घका अध्यक्ष अमित लामा तामाङले जोशीले एक सय वर्षमा अनवरत रुपमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको बताउनुभयो । 

नेपाली काङ्ग्रेसका जिल्ला सभापति मदनबहादुर अमात्यले जोशी राष्ट्रिय विभूतिसरह योगदान पु¥याउने व्यक्तित्व भएको उल्लेख गर्नुभयो ।   जोशीको शतवार्षिकीका उपलक्ष्यमा लमपामा विभिन्न कार्यक्रम हुँदैछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक