२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका अधिकांश वनमा डढेलो

२०७६, ३१ बैशाख मंगलवार ०५:५३

वैशाख ३१, अमरगढी  । डडेल्धुराका अधिकांश वन जङ्गलमा डढेलो लागेको छ । अत्यधिक गर्मी बढेसँगै वर्षासमेत नहँुदा वन जङ्गलमा पातपतिङ्गर बढी सुकेका कारण अन्य वर्षको तुलनामा यस वर्ष जिल्लाका सामुदायिकलगायतका वनमा डढेलो बढी लागेको हो ।

डढेलो नियन्त्रण हुन नसक्दा स–साना बोटबिरुवा जलेर मर्नेलगायत जनावर र चराचुरुङ्गीमा समेत नराम्रो असर पर्ने गरेको छ । डिभिजन वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत प्रकाश जोशीका अनुसार स्थानीय उपभोक्ताको लापरवाहीका कारण जङ्गलमा बढी आगलागी हुने गरेको छ । सहायक वन अधिकृत जोशीले भन्नुभयो, “चुरोट, बिँडी खाएर जथाभावी फाल्ने तथा लापरवाहीपूर्ण तरिकाले जानीजानी आगो लगाइदिँदा वन डडेलो बढेको हो ।”

जनचेतनाको अभाव पनि देखिएको भन्दै उहाँले यो वर्ष डढेलो नियन्त्रणका लागि जिल्लाव्यापीरूपमा अभियान नै सञ्चालनमा ल्याइएका जानकारी दिनुभयो । आगो लगाउँदा जङ्गलमा घाँस राम्रोसँग पलाउने हँुदा जिल्लाका कतिपय स्थानमा उपभोक्ताले आगो लगाउने र आगो बढ्दै गएर वन विनाशको कारण पनि बन्ने गरेको पाइएको छ । झारपात सुक्ने मौसममा सानो आगोको झिल्कोका कारण लागेको लागो पनि महीना दिनसम्म वनमा देखिने गरेको छ । राजमार्ग छेउछाउका जङ्गलमा समेत अत्यधिक डढेलो लागेको छ ।

जिल्ला वन कार्यालय डडेल्धुराको तथ्याङ्कअनुसार जिल्लामा कूल भूभागको ७५ प्रतिशतभन्दा बढी क्षेत्रफल वनजङ्गलले ओगटेको छ । एक लाख ५३ हजार ८ हेक्टरमध्ये एक लाख १५ हजार  १५९  हेक्टर क्षेत्रफलमा वन फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण